चिकित्सा शिक्षा विधेयकमा डा. केसी असन्तुष्ट, पत्रकार सम्मेलन गर्दै



Download our app to get more features

काठमाडौं, २३ पुस । चिकित्सा शिक्षा विधेयक पारित गरेको विरुद्धमा प्रा. डा. गोविन्द केसीले आज पत्रकार सम्मेलन गर्दैछन् । 

आफुसँग भएका सम्झौता विपरित विधेयक पारित गरेको भन्दै केसीले विरोध स्वरुप अहिले ९ बजे पत्रकार सम्मेलनको आह्वान गरेका छन् । राजधानीबाहिर र आशयपत्र लिइसकेका मेडिकल कलेजलाई खोल्न सहजीकरण गर्ने आशयमा विधेयक पारित भएसँगै केसी आक्रोशित बनेका हुन् । 

विधेयक पारित गर्न एक साताको समयसीमा दिएका केसीले पत्रकार सम्मेलनमार्फत अर्को चरणको अनसनन घोषणा गर्ने सम्भावना आजको पत्रकार सम्मेलनमा रहेको छ । 

यसअघि हिजो बसेको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकले विधेयकलाई अन्तिम रुप दिएसँगै समितिमा काँग्रेस सांसदहरुले डा. केसीसँग भएको सम्झौता विपरित विधेयक टुंग्याइएको भन्दै असन्तुष्टि जनाएका थिए ।

यसैबीच संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले आइतबार चिकित्सा शिक्षा विधेयक आज समिति समक्ष पेश गर्न लागेको छ । आइतबार अवेरराति सम्म बसेको बैठकले चिकित्सा शिक्षा विधेयक पारित गरेको हो ।

Last modified on 2019-01-07 11:22:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts