धेरै गुलियो पेय पदार्थ खानेमा मिर्गौला फेलको जोखिम 



Download our app to get more features

एजेन्सी, २३ पुस ।  धेरै मात्रामा गुलियो र प्रसोधित पेय पदार्थ खाने व्यक्तिलाई मिर्गौला फेल हुने सम्भावना बढी हुने एक अध्ययनले देखाएको छ । क्लिनिक जर्नल अफ अमेरिकन सोसाइटी अफ नेफ्रोलोजीमा प्रकाशित लेख अनुसार अमेरिकामा तीन हजार तीन जना अमेरिकनमा गरिएको अध्ययनमा गुलोयो पेय पदार्थ अधिक खाने १८५ जनालाई क्रोनिक किड्नी डिजिज देखिएको थियो ।

पेय पदार्थ मध्ये पनि सोडायुक्त पदार्थ खानेमा यो समस्या बढी देखिएको थियो । अध्ययनमा सम्मिलित प्रमुख सोधकर्ता जोन हप्किन्स स्कुल अफ पब्लिक हेल्थका केइसी रेभोल्जका अनुसार सोडायुक्त र प्रसोधित फलफुलका जुसहरुले मिर्गौलाको साथसाथै उच्च रक्तचाप, मधुमेह लगायत अन्य मुटुका समस्या पनि निम्त्याउने भएकाले यसलाई सकेसम्म सेवन नगर्न सुझाब दिएका छ्न्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts