केन्द्रीय अस्पतालहरुले पाए सामाजिक सेवा ईकाइ बापतको रकम 



Download our app to get more features

काठमाडौं, २४ पुस । स्वास्थ्य मन्त्रालयले सामाजिक सेवा  ईकाइमा विनियोजन भएको रकम आज सबै केन्द्रीय अस्पताललाई पठाएको छ । सरकारले अस्पतालमा सामाजिक सेवा  ईकाइ स्थापना गरि गरिब र विपन्नलाई उपचारमा सहयोग गर्दै आएको छ । तर यसवर्षको विनियोनित रकम ६ महिनासम्म नपठाउँदा ईकाइहरु निरुत्साहित बनेका थिए । 

साउन महिनामा नै रकम पठाउनुपर्ने भए पनि स्वास्थ्य मन्त्रालयका कारण दोस्रो चौमासिक सुरु भएपछि मात्र रकम अस्पतालमा पुगेको हो । स्वास्थ्य मन्त्रालयले ३६ वटा अस्पतालमा यस्तो कार्यक्रम संचालन गरेको छ । जसमा १५ वटा केन्द्रीय अस्पताल छन् । केन्द्रीय अस्पताललाई मन्त्रालयले रकम पठाउँछ भने अन्यलाई प्रदेश सरकारमार्फत रकम जान्छ । 

सामाजिक सेवा ईकाइ अन्तर्गत सरकारले यो वर्ष ३६ वटा अस्पताललाई बजेटमार्फत ६ करोड ९८ लाख रुपैयाँ छुट्टाएको छ । त्यसमध्ये केन्द्रीय अस्पताललाई २ करोड ६५ लाख रुपैयाँ छुट्याइएको स्वास्थ्य मन्त्रालयका वरिष्ठ जेसी सल्लाहकार सिताराम प्रसाईले जानकारी दिए ।  अस्पतालमा स्थापना भएको सामाजिक सेवा इकाईले गरिव, ज्येष्ठ नागरिक, हिंसापीडित महिला, अपाङ्ग, बेवारिसे, प्राकृतिक विपद्मा परेका नागरिक लगायत १२ प्रकारका बिरामीको उपचारमा सहयोग गर्दै आएको छ ।

Last modified on 2019-01-09 09:20:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts