शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्दै, केसीको अनसन ४ बजे



Download our app to get more features

काठमाडौं, २५ पुस । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठक आज बस्दैछ । 

बैठकमा चिकित्सा शिक्षा विधेयकमाथि छलफल हुने जनाइएको छ । 

डा.गोविन्द केसीसँग भएका सम्झौता विपरित विधेयक पारित गरेको भन्दै नेपाली काँग्रेस सांसदहरुले असन्तुष्टि जनाएपछि आज थप छलफल हुन लागेको हो ।

शिक्षा तथा स्वास्थ्य उपसमितिले आइतबार चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो । 

पारित भएको सो विधेयकको विरोधमा डा.केसीले आजबाट १६ औं अनसन सुरु गर्न लागेका छन् । आफूसँग भएको सम्झौता विपरित विधेयक ल्याइएको भन्दै डा.केसी आज दिउँसो ४ बजेबाट इलाममा अनसन बस्ने भएका छन् । 

Last modified on 2019-01-10 06:51:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts