चिकित्सा शिक्षा विधेयक शिक्षा तथा स्वास्थ्य समितिद्वारा बहुमतले पारित



Download our app to get more features

काठमाडौं, २५ पुस । बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयक विवादका बीच संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको छ । 

समिति अन्तर्गतको उपसमितिले बहुमतका आधारमा पारित गरेको विधेयकलाई समितिले पनि काँग्रेस सांसदहरुको असहमतिका बीच पारित गरेको हो । ऐन निर्माणका अभियन्ता डा. गोविन्द केसीले असहमति जनाएपनि उनले उठाएका केही विषयलाई पाखा लगाउँदै विधेयक पारित भएको हो । समितिको सिंहदरवारमा जारी बैठकमा समितिका अधिकांश सांसद विधेयकको पक्षमा देखिएका छन् । १८ जना सांसद उपस्थित भएको बैठकमा १४ जनाले विधेयकको समर्थन गरेका थिए भने ४ जना सांसदले परिमार्जनको माग गरेका थिए ।

बैठकमा काँग्रेस सांसदहरुले डा. केसीको माग सम्बोधन गर्दै विधेयक पास गर्नुपर्ने अडान राखेका छन् । बैठकमा नेकपा सांसद योगेश भट्टराईले विधेयकमा केसीले भनेका सबै विषय अटाएको दावी गरे । उनले विधेयक पारित हुनुलाई डा. केसीको जीत भएको संज्ञा दिए । काँग्रेस सांसद गगन थापाले केसीसँग भएको सम्झौता इमानदार रुपमा विधेयकमा नआए पुनः समस्या निम्तन सक्ने बताए । विधेयकमा फरक मत राखेका सांसदहरुलाई लिखित रुपमा सुझाव र असहमति जनाउन भनिएकाे   छ ।

तत्कालिन माथेमा आयोगले बनाएको मस्यौदा अनुरुप हुबहु विधेयक आउनुपर्ने माग राख्दै केसीले आजैदेखि अनशन बस्ने तयारी गरिरहेका बेला समितिले विधेयक पारित गरेको हो । केसीले उपसमितिले तोडमोड गरेका विषय सच्याउन माग गर्दै आजसम्मको अल्टिमेटम दिएर पूवी नेपालको इलाम पुगेका छन् । समितिले जस्ताको त्यस्तै विधेयक पारित गरे केसीले आजै अपरान्हदेखि अनशन थाल्ने पूर्वनिर्धारित कार्यक्रम रहेको छ । 

Last modified on 2019-01-10 06:51:18


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts