उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले नै थाले सचिवमा 'चलखेल'



Download our app to get more features

काठमाडौं, २६ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य सचिवको अधिकारलाई लिएर 'चलखेल' सुरु गरेका छन् । बाहिर डा. पुष्पा चौधरीले आफुलाई काममा असहयोग गरेको भ्रम छरेका यादव भित्री रुपमा भने डा. चाैधरीलाई नै शक्तिशाली बनाउने दाैडमा रहेकाे स्राेतकाे दावी छ । स्वास्थ्य सचिवको अधिकार बाडफाँटको विषयलाई लिएर मन्त्री यादवले चाैधरीलाई काखी च्याप्न थालेकाे बुझिएकाे छ। सरकारले सरुवा गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएका सचिव केदार बहादुर अधिकारीको अधिकार कटाैति गर्दै डा. चौधरीलाई दिन खोजेकाे बुझिएकाे छ । सरकारले डा. चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेपछि अधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको हो । अधिकारीलाई सरकारले दिएको अधिकार सचिव चौधरीलाई दिने निर्णय गर्न यादव उद्दत देखिएका हुन् । नियम अनुसार सचिवको अधिकार मन्त्रीपरिषदले मात्रै बाडफाँट गर्न पाउँछ । 

स्रोतका अनुसार मन्त्री यादव र राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव नेकपा निकट कर्मचारीलाई हटाएर कांग्रेस निकट कर्मचारीबाट काम गर्ने योजनामा रहेका छन् । सोही अनुसार हाल स्वास्थ्यमा अधिकांश कांग्रेस निकट कर्मचारी हाबी देखिएका छन् । 

डा. पुष्पालाई अधिकार दिने र निमित्तको जिम्मा कांग्रेस निकट भनिएका डा. सुशीलनाथ प्याकुरेललाई दिने दाउमा मन्त्री रहेकाे मन्त्रालय स्राेतले बतायाे। पहिले डा. पुष्पालाई हटाउन अाफै प्रस्ताव गरेका यादवले अहिले च्याप्नुले 'चलखेल' भएको हुनसक्ने केहीले अनुमान लगाएका छन् ।

अधिकार बाडफाँटको चिठी दिए सचिवले सही गरेनन् 
मंगलबार स्वास्थ्य मन्त्री यादवले सचिव केदार बहादुर अधिकारी र डा. पुष्पा चौधरीलाई कार्यकक्षमा बोलाए । उनले एउटा चिठी पढेर सही गर्न भनेका थिए । तर, सचिव अधिकारीले त्यसलाई अस्वीकार गरे । स्रोतका अनुसार त्याे अधिकार बाडफाँटको पत्र थियो । नियम बिपरित गरेको बाडफाँट मलाई स्वीकार्य हुदैन भनेर सचिव निस्कनुभयो, सचिवालयका एक कर्मचारीले भने । 'मलाई सरकारले पठाएको हो । म सचिवका रुपमा काम गर्ने हो । तपाईले अधिकार दिने हैन' अधिकारीलाई उदृत गर्दै ती कर्मचारीले थपे ।  त्यसपछि पत्र रोकिएको छ । उक्त पत्रमा धेरै जसो अधिकार पुष्पालाई दिइएको जनाइएकाे थियो । 

सुशील च्याखे दाउमा
दुई सचिवलाई पाखा लगाउन पाए आफु सचिव पाउने आशमा डा. सुशीलनाथ प्याकुरेल रहेका छन् । सोही आस अनुसार उनले नेपाल चिकित्सक संघ, सरकारी चिकित्सक संघलाई दिनहु फोन गरेर आन्दोलनमा आउन ताकेता गरिरहेका छन् । चिकित्सक संघका अनुसार उनिहरु डा. पुष्पा र डा. सुशीललाई सहयोग गर्ने पक्षमा छैनन । नेपाल चिकित्सक संघ सुशील भन्दा पुष्पाले केही राम्रो काम गर्ने बताउँछ । तर, सुशीलले मन्त्री र उनका मान्छेले जे भन्यो त्यही गर्ने भएकाले निमित्त भएपनि सुशीललाई दिएर काम गर्ने मनसायमा देखिएका छन् ।

Last modified on 2019-01-10 14:48:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts