कन्ट्याक्ट लेन्स लगाएर सुत्नु हुन सक्छ खतरनाक, निम्तिनेछ यस्ता समस्या...



Download our app to get more features

बढ्दो शहरीकरणका कारण प्रदुषण पनि बढ्दै गएको छ । जसले गर्दा मानिसलाई अनेक स्वास्थ्य समस्या हुने गरेको छ । त्यति मात्र नभई व्यस्त जीवनशैली कारण पनि मानिसमा विभिन्न स्वास्थ्य समस्या हुने गरेको छ । ती मध्ये कै एक समस्या हो आँखाको । आँखामा देखिने समस्याका कारण मानिसहरुले चश्माको प्रयोग गर्ने, आई ड्रपको प्रयोग गराउने, लेन्सको प्रयोग गर्ने लगायतका उपचार र उपायहरु अपनाउने गरेका छन् । आँखामा समस्या हुँदा मात्रै होइन आँखाको नानीको रंग पनि परिवर्तन गर्नका लागि मानिसहरुलाई कन्ट्याक्ट लेन्सको प्रयोग पछिल्लो क्रममा बढ्दो छ । 

त्यति मात्र होइन चश्माको विकल्पमा पनि मानिसहरुले कन्ट्याक्ट लेन्सको प्रयोग गर्ने क्रम बढ्दै गइरहेको छ । समस्या समाधानका लागि लेन्सको प्रयोग गर्नु राम्रो हुन सक्छ तर त्यसको लामो समय सम्म प्रयोग गर्नाले तपाईंको आँखा अन्धो हुन सक्छ । 

यदि तपाईं पनि चश्माको साटो कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुहुन्छ भने केही सावधानी अपनाउनु आवश्यक हुन्छ । विशेषगरी सुत्ने समयमा कहिलेपनि लेन्स लगाएर सुत्नु खतरनाक हुन सक्छ । लेन्स लगाएर सुत्नाले आँखामा इन्फेक्शन पनि हुन सक्छ । यदि तपाईं पनि कन्ट्याक्ट लेन्स लगाएर नै सुत्ने गर्नुहुन्छ भने तपाईं अन्धोपनको शिकार हुन सक्ननुहुन्छ । 

कार्नियामा हुन सक्छ गम्भिर इन्फेक्शन  
ऐनल्स अफ इमरजेन्सी मेडिसीन नामको पत्रिकामा प्रकाशित गरिएको ६ रिपोर्टमा, कन्ट्याक्ट लेन्स लगाउन र यसको प्रयोगमा अलिकतिपनि लापरबाही भयो भने आँखाको कार्नियामा गम्भिर इन्फेक्शन हुन सक्छ । जसलाई माइक्रोबिअल केराटिटिस भनिन्छ । 

स्थायी रूपले आँखामा क्षति हुन सक्छ  
अमेरिकाको यूनिभर्सिटी अफ न्यू मेक्सिकोका असिस्टेन्ट प्रोफेसर जोन फेमलिंगका अनुसार कन्ट्याक्ट लेन्स लगाएर सुत्नु रिस्की हुन सक्छ र यसले इन्फेक्शन मात्र होइन आँखालाई स्थायी रुपमा नै नोक्सान पुर्याउन सक्छ । कन्ट्याक्ट लेन्स लगाएरै सुत्नु मात्र होइन परेला झिम्काइ रहनालो पनि खतरनाक हुन सक्छ जसले स्वास्थ्य सम्बन्धी अन्य समस्या पनि हुन सक्छ । 

आँखा प्रत्यारोपण गराउन सक्ने अवस्था 
जब एक जना व्यक्तिको ब्लरी भिजन र आँखामा रेडनेसको जाँच गरियो तब एक तथ्य बाहिर आयो । जाँचमा पाइयो की, त्यो व्यक्ति सातामा ३ देखि ४ पटक सम्म लगातार लेन्स लगाएरै सुत्ने गर्थ्यो र लेन्स लगाएरै स्विमिंग पनि गर्ने गर्थ्यो । जाँमा पत्ता लाग्यो की उक्त व्यक्तिको आँखामा व्याक्टेरियर र माइक्रोबिअल केराटिटिस भइ सकेको छ । जसको उपचार गरिँदैछ । यस्तै एक अर्को घटनामा कन्टेयाक्ट लेन्स लगाएर सुत्ने व्यक्तिको आँखामा निकै गम्भिर इन्फेक्शन भइसकेको थियो जसको कारण उसको आँखा नै प्रत्यारोपण गर्नु परेको थियो । 

आँखाको ध्यान राख्नु छ जरुरी
धेरैजसो युवा आजभोली कन्टेयाक्ट लेन्सलाई लिएर लापरवाही गर्ने गरेको र लेन्स लगाएरै नै सुत्ने गरेको पाइयो । तर, युवाका यी व्यवहार उनको आँखाको लागि निकै खतरनाक हुन सक्छ । यदि तपाईंको आँखा सँग सम्बन्धीत कुनै पनि प्रकारको इन्फेक्शनबाट जोगिनु छ भने लेन्स लगाउनु भन्दा पहिले ध्यान दिनु आवश्यक हुन्छ । 

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-01-11 16:04:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts