यस्ता लक्षण देखिए मिर्गौला फेल भएको हुन सक्छ



Download our app to get more features

नेपालमा मिर्गौला रोगीको संख्या धेरै छ । बालबालिका, युवा, प्रौढ, सबै उमेर समूहका मानिसमा मिर्गौलाको समस्या देखिदै आएको छ । मिर्गौला बिग्रने कारण, यसका लक्षण र बच्ने उपाए बारे मिर्गौला रोग विशेषज्ञ डा. अर्चन शम्शेर राणाको सुझाव यस्तो छ ।
मिर्गौला हाम्रो शरीरको निकै महत्वपूर्ण अंग हो । मानव शरीरमा मिर्गौला दुई वटा हुन्छन् । विविध कारणले मिर्गौलाले सही र सन्तुलित तरिकाले काम गरेन भने मिर्गौलामा त रोग लाग्छ । यदि मिर्गौला बिरामी भए अन्य अंगमा पनि गम्भीर प्रकृतिका रोग लाग्न सक्छ । यसर्थ मिर्गौलालाई स्वस्थ राख्न सधै सचेत रहनु पर्छ ।
मिर्गौलाले यस्तो काम गर्छ ः
मिर्गौलाले हामीले खाएको वा शरीरभित्र पसेको कुरा जुन काम लाग्दैन त्यसलाई बाहिर पठाउने काम गर्छ । साथै रगतमा भएको फोहोरलाई पिसाबको माध्यमबाट बाहिर पठाउँछ । शारीरमा पानीको मात्र सन्तुनल कायम गराउँछ । रेनिन नामको इन्जाइम उत्पादन गर्ने भएकाले उच्च रक्तचापबाट बचाउँछ । भिटामिन डी उत्पादन गर्ने भएकाले हड्डी बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

मिर्गौला बिग्रने मुख्य कारण ः
१.मधुमेह, उच्च रक्तचाप लगायत समस्या ।
२. शरीरमा पानीको कमी ।
३. क्षणिक दुखाई कम गर्ने पेनकिल्लर लगायतका औषधिको धेरै प्रयोग ।
४. वंशाणुगत ।
५. धुम्रपान तथा मध्यपान ।
६. धेरै गर्मीमा लामो समय काम गर्नु ।

मिर्गौलामा बिग्रदा देखिने लक्षण ः
१. छिटोछिटो पिसाब लाग्ने ।
२. पिसाब धमिलो देखिने तथा फिज आउने ।
३. मुख सुख्खा हुने ।
४. हात खुट्टा सुनिने ।
५.रक्तअल्पता हुने ।
६. भोक नलाग्ने वा धेरै लाग्ने ।
७. रिंगाटा लाग्ने वा वाक्वाकी लाग्ने ।
८. कुनै पनि रोग लागे औषधि सेवन गर्दा पनि चाडो निको नहुने ।

मिर्गौला रोग लाग्नै नदिन यसो गर्ने ः
यो रोग सामान्य रोग होइन । एक पटक लागेपछि ठीक हुन गाह्रो हुने र अर्को लक्षण निकै ढिला मात्र देखा पर्ने भएकाले मिर्गौलालाई स्वस्थ राख्न हरदम चनाखो रहनु पर्छ । परिवारमा कसैलाई यो रोग लागेको भए मिर्गौलाको नियमित परीक्षण गराउने । स्वस्थ व्यक्तिले पनि प्रत्येक वर्ष एक पटक मिर्गौलाको परीक्षण गर्ने । स्वच्छ पानी प्रशस्त पिउने । स्वस्थ खानपान गर्ने । सक्रिय जीवनशैली अपनाउने । नियमित व्यायम गर्ने । विशेषगरी बालबालिकालाई प्रत्येक पटक ज्वारो आउँदा पिसाब परीक्षण गराउने ।

Last modified on 2019-01-12 07:10:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts