स्वास्थ्यकर्मीको माग बुझ्न मन्त्रालयले वार्ता टोली बनाउने



Download our app to get more features

काठमाडौं, २७ पुस । केही दिनदेखि आन्दोलनरत हेल्थ असिस्टेन्ट र सरकारी चिकित्सक संघको माग सम्बोधन गर्नेगरी स्वास्थ्य मन्त्रालयले तयारी थालेको छ । उनीहरुको माग बारे छलफल गर्न मन्त्रालयले वार्ता टोली गठनको तयारी गरेको हो ।

स्वास्थ्य सचिव केदारबहादुर अधिकारीले उनीहरुको माग सम्बोधन गर्न बार्ता टोली गठनका लागि उपप्रधानमन्त्री उपेन्द्र यादव समक्ष निर्णय समेत पेश भइसकेको बताए । आन्दोलनले समस्या समाधान नहुने भन्दै वार्ता र समाधानका माध्यमबाट निकास निकाल्न वार्ता समिति गठन प्रक्रिया अगाडि बढाइएको हो । उपप्रधानमन्त्री उपेन्द्र यादवले स्वीकृत दिए लगत्तै वार्ता टोलीमा सहभागी सदस्यको नाम तय गरिनेछ ।

मन्त्रालयले वार्ता टोली गठन गर्ने प्रक्रिया सुरु गरे पनि स्वास्थ्यकर्मीहरु भने काममा फर्केका छैनन् । उनीहरुलाई  आज पनि मन्त्रालयमा प्रवेशमा रोक लगाइको छ । वार्ता आइतवार मात्र सुरु हुने सम्भावना छ ।

साथै यसअघि स्वास्थ्य मन्त्रालयले आन्दोलनबाट कुनै पनि समस्या समाधान नहुने भन्दै स्वास्थ्यकर्मीलाई काम फर्कन आग्रह गरेको थियो । स्वास्थ्यकर्मी आन्दोलित हँुदा देशैभरको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

Last modified on 2019-01-12 07:10:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts