वैज्ञानिक तथ्यले पनि पुष्टि गर्छ तिलको लड्डु र खिचडी खानुका फाइदा 


Download our app to get more features
Spark_health_home Birat Hospital NHEICC

ऐजेन्सी, २७ पुस । मकर संक्रान्ति अर्थात माघे संक्रान्तिको दिन तिलको लड्डु, खिचडी, तरुल लगायत खानेकुरा खाने चलन छ । कतिपय स्थानमा त पुस महिनाको अन्तिम दिन अर्थात पुस मसान्त मै बनाएर राखेका यस्ता खानेकुरा भोलिपल्ट संक्रान्तिको दिन भगवान सूर्यलाई चढाएर सेवन गर्ने गरिन्छ । यो त भयो परम्परागत अर्थात धार्मिक विश्वास । यसरी माघे संक्रान्तिमा तिलको लड्डु, गुड, खिचडी खानुलाई परम्परागत रुपमा मात्रै लिनु उपयुक्त हुँदैन । वैज्ञानिक हिसाबले पनि मानव स्वास्थ्यका लागि यी चिजहरु निकै उपयोगी मानिन्छन् ।

तिल र गुडसँग जोडिएको वैज्ञानिक तथ्य 
मकर संक्रान्ति अर्थात माघे संक्रान्तिमा तिल र गुड किन खाने गरिन्छ यसको पछाडी वैज्ञानिक कारण छ । सामान्यतया चिसो मौसममा शरीरलाई तातोको आवश्यकता पर्छ यस्तो तातोपन उपलब्ध गराउन तिल र गुडले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । किनकी तिलमा तेलको मात्रा धेरै नै हुन्छ । जसको सेवनले शरीरमा आवश्यक तेलको मात्रा पुर्ति गर्नुको  साथै शरीरमा आवश्यक तातो अर्थात शक्ति पु¥याउँछ ।

vayoda

bp_ad

तिलको लड्डुका खानुको फाइदा
उच्च रक्तचाप नियन्त्रणमा तिल मद्दतगार मानिन्छ । विभिन्न अनुशन्धानहरुले तिलमा पाइने तेलले उच्च रक्तचाप नियन्त्रण गर्ने पुष्टि गरेका छन् । साथै मुटुको लागि पनि तिल निकै फाइदाजनक मानिन्छ । 
तिलमा भएको म्याग्निसियमले मधुमेह रोगबाट टाढा राख्छ । 
तिलमा हुने फाइबरले पाचनक्रियालाई सन्तुलित राख्छ । साथै कब्जियत जस्ता समस्या निर्मूल पार्छ ।

खनिज तत्वले भरिपूर्ण 
तिल र गुड सेवनले शरीर उर्जावान बनिरहन्छ । यसकारण जाडो मौसममा पार्ने मकर संक्रान्तिमा यी चिजहरु सेवन गरिन्छ । तिलमा कोपर, म्यानेशियम, ट्राइयोफान, आइरन, क्याल्सियम, फस्फोरस, जिंक, भिाटामिन बी१ र प्रचुरमात्रामा फाइबर पाइन्छ । चौथाइ कप तिलमा २०६ क्यालोरी शक्ति हुन्छ । तिलमा एन्टिअक्सिडेन्ट गुण पनि हुन्छ । जसले शरीरलाई ब्याक्टेरियाबाट मुक्त राख्छ ।

खिचडीको परम्परागत महत्व 
जनविश्वास अनुसार खिचडीको उत्पती पहिलो पटक भगवान शिवको अवतार मानिने बाबा गोरखनाथले गरेको भानिन्छ । जब खिलजीहरुले नाथ योगीमाथि आक्रमण गरे त्यस समय खाना बनाउने समय भएन । यस्तो अवस्थामा सहयोगको याचना गर्दै नाथ योगीहरु बबा गोरखनाथकोमा गए । बाबा गोरखनाथले दाल, चामल र तरकारीजन्य पदार्थ एकै ठाउँमा राखेर पकाउन सल्लाह दिए । यसरी बनेको खाना स्वादिष्ट र शरीरका लागि पोषणयुक्त पनि हुने भएपछि नाथ योगीहरुले बाबा गोरखनाथको सल्लाह माने । सोही समयदेखि खिचडीको सुरुवात भएको मानिन्छ । अहिले पनि यही कारण भारतको उत्तर प्रदेशमा रहेको बाबा गोरखनाथको मन्दिरमा मकर संक्रान्तिको खिचडीको मेला लाग्छ । 

खिचडीका फाइदा
माघे संक्रान्तिका दिन खिचडी खानु परम्परा मात्रै नभई वैज्ञानिक हिसाबले पनि राम्रो मानिन्छ । समान्यतया माघको महिनामा शितलहर चलिरहेको हुन्छ । शितलहरले शरीरमा पु¥याई रहेको क्षतिलाई तुरुन्त भरपुर्ताल गर्न खिचडी महत्वपूर्ण मानिन्छ । किनकी यसमा चामलका साथै दाल, अदुवा, कयौं प्रकारका तरकारीको प्रयोग गरिएको हुन्छ । जसले शरीरमा तुरुन्त उर्जा दिन्छ । 
 

Last modified on 2019-01-12 07:10:50

gch_ivf samyog_advertisement bathrog

Leave a Comment

NIdan Hospital tuberculosis

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts