विपन्न नागरिक उपचार सहायता अब बीमा गरेकाले मात्र पाउने



Download our app to get more features

काठमाडौ २९ पुस । सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत विपन्न नागरिक औषधि उपचार सहायत वितरण बन्द गर्ने भएको छ । उक्त कार्यक्रम अब बीमा माफर्त अगाडी बढ्ने भएको छ ।

सरकारले गम्भिर ८ प्रकारका रोग लागेका बिरामीलाई दिदै आएको १ लाख रुपैया सहायत अब बीमितलाई मात्रै दिइने भएको छ । यसका लागि सरकारले ७७ वटै जिल्लामा स्वास्थ्य बीमा लागु गर्ने छ । आम नेपालीलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने उदेश्य अनुसार स्वास्थ्य सचिव केदार बहादुर अधिकारीले उक्त लोकप्रिय कार्यक्रम ल्याएका हुन । 

सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (सञ्चालन) नियमावली, २०७३ खारेज गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या सचिव केदार बहादुर अधिकारीले उक्त कार्यक्रम बीमामा आवद्ध गराउदै सो नियमावली खारेज गर्न लागेका हुन । त्यसका लागि ‘स्वास्थ्य बीमा नियमावली २०७५’ ल्याइएको छ । नियमावली कानुन मन्त्रालयबाट स्वास्थ्यमा आइपुगेको छ । नियमावली मन्त्रीपरिषदले पास गरेपछि कार्यान्वयनमा आउने छ ।

स्रोतका अनुसार २०७६ साल श्रावण १ गते देखि लागू हुनेगरी बीमितलाई आठ रोगको उपचारका लागि थप एक लाख रुपैयाँ सम्म दिने उल्लेख छ । यो संगै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम (सञ्चालन) नियमावली, २०७३ खारेज गरिएको छ । सत्तरी बर्ष उमेर पुगेका प्रत्येक जेष्ठ नागरिकलाई पनि सरकाले एक लाख रुपैया दिने भएको छ । 

Last modified on 2019-01-14 06:48:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts