स्वास्थ्यमा समस्या देखिएपछि केसी अस्पताल भर्ना



Download our app to get more features

काठमाडौं, ३० पुस । प्रा. डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरिएको छ । चिकित्सा शिक्षा विधेयकमा असन्तुष्टि जनाउदै  आएका डा. केसीको स्वास्थ्यमा समस्या भएपछि उनलाई जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ ।  

डा. केसीको मुटुको गति अनियमित हुनुका साथै रक्तचाप पनि बढेकाले अस्पताल भर्ना गरिएको केसीका सहयोगीले बताएका छन् ।

 डा. केसी चिकित्सा शिक्षा विधेयक १५औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदखि अनसनमा छन् ।

Last modified on 2019-01-15 07:57:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts