के हो हेड एण्ड निक क्यान्सर ? (भिडियोसहित)



Download our app to get more features

अन्य क्यान्सरको तुलानामा नाक, कान, घाँटीको क्यान्सर बारे कमै सुनिन्छ । तर यी अंगमा पनि क्यान्सर भएका बिरामीहरु धेरै छन् । नाक, कान, घाँटीको क्यान्सरलाई हेड एण्ड निक क्यान्सर पनि भनिन्छ । के हो हेड एण्ड निक क्यान्सर ? यो किन हुन्छ र यसबाट बच्न कस्तो सावधानी अपनाउने भन्ने विषयमा क्यान्सर रोग विशेषज्ञ डाक्टर विजेशराज घिमिरेको सुझाब यस्तो छ । 

नेपालमा नाक, कान, घाँटीको क्यान्सरका बिरामी धेरै छन् । हाम्रो खानपान, जीवनशैली आदिका कारण यो समस्या अझै बढ्दै छ । हेड एण्ड निक क्यान्सरभित्र मुख, घाँटी, थाइराइड, नाकको क्यान्सर बढी भएको पाइन्छ ।

मुखको क्यान्सर 

मुखको घाउ लामो समयसम्म निको नहुनु, नमिलेका दाँतले मुख भित्रको मांशपेशीलाई छोई घाउ बनाउनु र मुखभित्र सेता निला धब्बा वा दाग आई लामो समय निको नहुँदा अन्ततः मुखको क्यान्सर हुन सक्छ । 

नाकको क्यान्सर:

बढी धुँवा धुलोमा बस्ने, लामो समय उनीका धुलो भएको स्थानमा बस्ने, काठ, इट्टा भट्टामा काम गर्ने व्यक्तिलाई त्यसको धुँलोले नाकको क्यान्सर हुन सक्छ । 

घाँटीको क्यान्सर:

नियमित धुम्रपान मध्यपान गर्ने व्यक्तिलाई घाँटीको क्यान्सर हुन सक्छ ।

मूख्य कारण :

  • धुम्रपान, मध्यपान गर्नु ।
  • बढी तारेको, पोलेको, चिल्लो, पिरो, मसलेदार खाना खानु । 
  • धुवा, धुँलोमा लामो समय बस्नु ।

क्यान्सरका लक्षण:

मुखमा घाउ खटिरा आए औषधि खाँदा पनि ढिला निको हुनु, मुखमा अल्सर हुनु,  मासु पलाउनु आदि ।
घाँटीको क्यान्सरमा श्वास फेर्न अप्ठ्यारो हुनु, आवाजमा परिवर्तन हुनु, घाँटी दुख्नु, सुनिनु, ग्लगाड आउनु आदि । यस्तै कानको क्यान्सरमा कान नसुन्नु, कानबाट रगत बग्नु, कान डम्म हुनु आदि । 

बच्ने उपाय:

  • स्वस्थ खाना खाने । 
  • ध्रुमपान मध्यपान नगर्ने ।
  • सम्भव भएसम्म धुँवा धुँलोमा काम नगर्ने, यदि गर्नु परे पनि माक्स लगाउने वा आवश्यक साधनको प्रयोग गर्ने । 
  • माथिका मध्ये कुनै पनि लक्षण देखिए चिकित्सकसँग परामर्श लिने । यदि  सुरुवाती चरणमै थाहा भए यस्ता क्यान्सरलाई पूर्ण निको हुन्छ । 
     

Last modified on 2019-01-15 16:10:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts