स्वास्थ्य अवस्था बिग्रँदै गएपछि डा.केसीको सहमतिमै एन्टिबायोटिक दिन थालियो



Download our app to get more features

इलाम, २ माघ । इलाममा आठ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि इन्जेक्सनबाट एन्टिबायोटिक औषधि दिन सुरु गरिएको छ ।

जिल्ला अस्पताल इलामले केसीको स्वास्थ्य अवस्था निकै कमजोर हुँदै गएकाले उनकै सहमतिमा आईभी एन्टिबायोटिक औषधि दिन सुरु गरिएको जनाएको छ । उपचारमा संलग्न निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजेन्द्रकुमार साहले केसीलाई अन्य कुनै पनि औषधि भने प्रयोग नगरिएको जानकारी दिए ।

उनले अनसनरत डाक्टर केसीको मुटुको चाल घटेर ३५ र बढेर २ सय सम्म पुग्ने गरेको र शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म आइपुगेको बताए । डाक्टर साहका अनुसार केसीलाई आईसीयूमा राख्नुपर्ने भए पनि अस्पतालमा आईसीयू नभएकाले उपचारमा समस्या देखिएको छ ।

उपचारका लागि डाक्टर केसी अन्यन्त्र जान नमानेपछि इलाम अस्पतालमै आईसीयूको सेवा दिने तयारीसमेत भइरहेको छ । 

केसीले हालै संसद्को शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भई संसद्मा पेश भएको चिकित्सा शिक्षा विधेयकमा आफूसँग १५ औँ सत्याग्रहका क्रममा सरकारले गरेका सहमति समेट्नु पर्नेसहितका ६ बुँदे माग राखेर गत पुस २५ गतेबाट इलाममा १६ औँ सत्याग्रह सुरु गरेका हुन् । 

Last modified on 2019-01-16 14:59:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts