बिरामीको मृत्यु भएपछि सगरमाथा अञ्चल अस्पतालमा तनाव, प्रहरीद्वारा बल प्रयोग



Download our app to get more features

सप्तरी, २ माघ । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाइएको छ ।

मृत्यु हुनेमा छिन्नमस्ता गाउपालिका ६ का ५५ वर्षका सहदेव सदा रहेका छन् । उपचारका क्रममा अस्पतालकै लापरबाहीले मृत्यु भएको प्रत्यक्षदर्शिको भनाइ छ ।

अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै अहिले अस्पतालमा पीडिप पक्षले नारा जुलुश गरिरहेका छन् । अस्पतलमा कुनै किसिमको तनाव उत्पन्न हुन नदिन अस्पताल परिसरमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

यसैबीच, प्रदर्शन गरिरहेका पीडित पक्ष र प्रहरीबीच झडप भएको छ ।पीडित पक्षलाई शान्त पार्न भन्दै प्रहरीले बल प्रयोग गरेको जनाइएको छ ।

Last modified on 2019-01-16 14:59:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts