अनशनरत डा. केसीको उपचार गर्न सातजनाको टोली इलाममा 



Download our app to get more features

काठमाडौ २, माघ । डा. गोविन्द केसीलाई थप उपचार आवश्यक भएसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट विशेषज्ञ चिकित्सकहरुको टोली इलाम गएको छ । 

पूर्व सम्झौता अनुसार हुबहु चिकित्सा शिक्षा विधेयक हुनेपर्ने लगायत माग राख्दै एकसातादेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएको र थप उपचारको आवश्यक्ता भएको इलाम जिल्ला अस्पतालले भनेसँगै  उपप्रधानमन्त्री  एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा टोली इलाम पठाइएको मन्त्रालयले जनाएको छ । 

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. बिकास शाहको नेतृत्वमा डा. प्रशान्त शाह कार्डियोलोजिष्ट विभाग, डा. अजय यादव मेडिसिन इमर्जेन्सी, डा. सविन भण्डारी एनएस थेसिया, आइसियू हेर्ने, ल्याव टेक्निसियन दिपेन्द्र यादव र नर्स रचना टोलीमा छन् । 

मोबाइल भेण्टिलेटर, आइसियू सुविधासहितको उपचार टोली अपरान्हसम्म इलाम पुग्ने जनाइएको छ ।

Last modified on 2019-01-17 10:14:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts