केसीसँगको सम्झौता उल्लंघन गरेर सरकारले ‘प्रतिगमन’ ल्याएको काँग्रेसको ठहर



Download our app to get more features

काठमाडौं, २ माघ । डा. गोविन्द केसीको माग तत्काल पूरा गर्न प्रमुख प्रतिपक्षी पार्टी नेपाली काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा केसीसँग यसअघि भएको सम्झौता अनुरुप माथेमा आयोगको प्रतिवेदन अनुसारको चिकित्सा शिक्षा ऐन ल्याउन सरकारसँग माग पनि गरिएको छ । डा. केसीसँग भएका सम्झौता अनुरुप एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढि मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने व्यवस्थालाई खुकुलो बनाइएकोमा पनि विज्ञप्तिमा विरोध जनाइएको छ । 'मनसाय पत्र लिइसकेकालाई पाँचवटाको प्रावधानले नछुने जे वाक्यांश राखिएको छ त्यसले 'एक विश्विद्यालय पाँच मेडिकल कलेज'को अवधारणालाई घुमाउरो ढंगले अस्वीकार गरेको छ।' विज्ञप्तिमा उल्लेख गरिएको छ ।  
 
उसले आफ्नो पार्टीको सरकार भएका बेलामा बनाइएको माथेमा कार्यदल र सोही अनुसारको अध्यादेशमा सरकारले महत्वपूर्ण बुँदा बिगारेर प्रतिगमन ल्याएको तर्क पनि गरेको छ । डा. केसीको स्वास्थ्य अवस्था जटिल भएको भन्दै विज्ञप्तिमा तत्काल पुरानो सहमतिमा फर्किने वा चौतर्फी दवाव पर्खने भनेर सरकारलाई प्रश्न गरिएको छ ।

Last modified on 2019-01-17 10:14:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts