नर्सिङ् संघले बनायो विपद् व्यवस्थापनका लागी मोबाइल एप



Download our app to get more features

काठमाडौं, २ माघ । नेपाल नर्सिंङ संघले विपद व्यबस्थापनको सहजीकरणको लागी भन्दै मोबाइल एप निर्माण गरेको छ ।

०७२ सालको महाभुकम्पमा पनी अविचलीत भै बिपद् व्यवस्थापनमा उल्लेख्य योगदान गरेको भन्दै संघले एक करोड बन्दा बढी राशीको अन्तराष्ट्रिय पुरस्कार पाएको संघले इपी नर्स अवार्ड २०१७ नामक अन्तराष्ट्रिय अवार्ड पाएको थियो । त्यही बजेटमार्फत एपको निर्माण गरिएको संघले जनाएको छ । यसबाट बिपद र बिपद पछीको स्वास्थ्य सम्बन्धी जोखिम न्युनिकरणको लागी डाटा कलेक्सन गर्ने र स्थानीय नर्स तथा स्वयंसेवीका हरुलाइ ठुला ठुला बिपत्तिमा कसरी काम गर्ने भन्ने बारे सिकाइने संघकी उपाध्यक्ष अप्सरा पाण्डेले जानकारी दिइन् ।

विपद व्यबस्थापनमा स्थानीय नर्स तथा स्वयमंसेवीकाहरुको जिम्मेवारी महत्वपुर्ण रहेको भन्दै पाण्डेले यसलाई थप सशक्त बनाउन नर्सिङ संघले पोखरा, बुटवल र मेलम्चीमा तालिम दिएको पनी जानकारी दिइन् ।

Last modified on 2019-01-16 16:40:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts