स्वास्थ्यका असन्तुष्ट पक्षसँगको वार्ता आजपनि, होला त सहमति ?



Download our app to get more features

काठमाडौं, ३ माघ । कर्मचारी समायोजनमा सबैभन्दा बढि स्वास्थ्य क्षेत्रमा देखिएको विवाद मिलाउन आजपनि वार्ता हुँदैछ । 

स्वास्थ्यका ६० भन्दा बढि समूहमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न भन्दै आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ बजे वार्ता गर्ने भएको  छ । 

मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले समायोजन आवेदन भर्न नसकेका र असन्तुष्ट पक्षका लागि सहमतिमा ल्याउनका लागि दुई साताको समय थप गर्न संघीय मामिला तथा सामान्य मन्त्रालयमा हिजै पत्रचार गरिसकेको बताए ।

उनले भने, ‘कर्मचारी भने समायोजन अध्यादेशको विरुद्ध आन्दोलनमा उत्रिएका स्वास्थ्यका कर्मचारीलाई सहमतिमा ल्याई समायोजनमा जाने वातावरण बनाउने हर सम्भव प्रयास गरिने छ ।’

सरकारले ल्याएको कर्मचारी समायोजन अध्यादेशमा स्वास्थ्यका कर्मचारीहरुलाई समायोजन प्रक्रियामा हेपिएको भन्दै समायोजन प्रक्रियामा जान नमानेका स्वास्थ्यका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । 

Last modified on 2019-01-17 10:15:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts