डा. केसीको विशेषज्ञ टोलीद्वारा स्वास्थ्य जाँच, सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाव



Download our app to get more features

इलाम, ३ माघ । इलाममा अनसनरत डाक्टर गोविन्द केसीको विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण गरेको छ ।

विगत नौ दिनदेखि सत्याग्रहमा रहेका डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि बीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञ टोलीले स्वास्थ्य परीक्षण गरेको हो ।

उनँको अवस्था नाजुक बन्दै गएको विशेषज्ञ टोलीले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनमा विभिन्न उपकरणसहितको टोली इलाम पुगेको थियो । डाक्टर केसीको स्वास्थ्य परीक्षण गरेका वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका सह–निर्देशन डाक्टर विकास साहले केसीको अवस्था चिन्ताजनक रहेकोले आइसियु र सीसीयू जस्ता सुविधा सम्पन्न अस्पतालमा पठाउनु पर्ने अवस्था रहेको बताए ।

डाक्टर केसीको मुटुको औषधि समेत छुटेपछि समस्या झन् जटिल बन्दै गएको छ । 

Last modified on 2019-01-17 14:26:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts