संसदमा चिकित्सा शिक्षा विधेयकः सत्तापक्ष र प्रतिपक्ष आआफ्नै ढिपीमा



Download our app to get more features

काठमाडौं, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक कुनैपनि हालतमा पास गर्न नदिने मनस्थितिमा देखिएको छ । 

सोमबारको बैठक पनि चल्न नदिएको नेपाली काँग्रेसले आजको बैठकपनि दुईपटकसम्म चल्न दिएन । सोमबारको बैठकमा आफ्ना दुई पूर्वनेताको नाममा खुलको अस्पताल प्रदेश अन्तर्गत लैजाने सरकारको निर्णय विरुद्ध संसदमा पेश भएको काँग्रेसले आज चिकित्सा शिक्षा विधेयकलाई रोक्न संसद अवरुद्ध बनाएको हो । 

विधेयक प्रस्तुत गर्न रोष्टममा जान लागेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई सांसदहरुले रोकेका हुन् । संसदका मर्यादापालकले मन्त्री पोखरेललाई रोष्टममा लैजान खोजेपनि काँग्रेस सांसदहरुले रोकेका थिए । प्रतिपक्षी पार्टीले संसद चल्न नदिएसँगै सभामुख कृष्णबहादुर महराले दुईपटक पन्ध्र मिनेटका लागि संसद स्थगित गरेका छन् । काँग्रेस सांसदहरुले सभामुखलाई पार्टीका सभामुख कि संसदको भनेर आलोचना गरेका छन् । नेकपा एमाले सांसद एवं शिक्षा तथा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले जसरी पनि विधेयक पास गराउने बताएका छन् । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले सत्तापक्षले प्रतिपक्षीलाई पेलेर जान खोज्नु दुर्भाग्यपूर्ण भएको बताए । 

Last modified on 2019-01-22 17:53:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts