मानवअधिकार आयोगको आग्रहः डा. केसीको जीवनरक्षा गर



Download our app to get more features

काठमाडौं, ८ माघ । १६ औं चरणको आमरण अनशनमा रहेका प्राध्यापक डा. गोविन्द केसीको विषयमा राष्ट्रिय मानवअधिकार आयोग बोलेको छ । आयोगले विज्ञप्तिमार्फत अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सरकारलाई आग्रह गरेको हो ।

डा. केसीसँग यसअघि सरकारले पटक पटक गरेको सम्झौताहरुमा गम्भीर हुँदै उनको जीवनरक्षाका लागि हरसम्भव प्रयास गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । 

 ‘डा। के।सी। सँग नेपाल सरकारले विगतमा पटक–पटक गरेका सम्झौताहरुमा गम्भीर हुँदै उहाँको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आयोगले शिक्षण अस्पताल पुगेर केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको जनाएको छ । 

Last modified on 2019-01-22 18:29:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts