डा.केसी अनसनः वार्डको भित्तामा टाँसिए यस्ता पोस्टर



Download our app to get more features

काठमाडौं, ८ माघ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा. गोविन्द केसी १४ दिनदेखि आमरण अनसन बसिरहेका छन् । 

सुरुमा अनशन बस्न इलाम पुगेका केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई राजधानी ल्याएर शिक्षण अस्पतालमा राखिएको हो । उनको अनशन चलिरहँदा दैनिक दर्जनौं मानिस उनलाई भेट्नका साथै ऐक्यवद्धता जनाउन शिक्षण अस्पताल पुग्छन् । डा. केसी अनसन बसेका वार्डका भित्ता समेत अनशनमय भएका छन् । भित्तामा टाँसिएका पोष्टरमा उनका विचार, मागदेखि मेडिकल माफियालाई गाली गरिएका पोस्टर पनि उत्तिकै टाँसिएका छन् । 

भित्तामा टाँसिएका पोस्टरमा मुलुकका ठूला भनिने मेडिकल कलेजले नै नेपाली विद्यार्थी र जनस्वास्थ्यमाथि खेलवाड गरेको विषय उल्लेख गरिएको छ । उनलाई भेट गर्न आउजाउ गर्ने समर्थकहरुले ती पोस्टरलाई नियालेर हेरिरहेका देखिन्थे । मंगलवारमात्र डा. केसीका मागमा समर्थन जनाउन झण्डै एकसय मानिस शिक्षण अस्पताल पुगे । उनीहरु विभिन्न क्षेत्रका मानिस हुन् । 

सम्झौताअनुसार चिकित्साशिक्षा विधेयक पारित गनुपर्नेलगातका माग राखि १६ औँ चरणको अनसन बसिरहेका केशीलाई मंगलबार आइसियूबाट जनरल वार्डमा सारिए पनि उनको स्वास्थ्य अवस्थामा जोखिम भने कायमै रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उनको मुटुको चालमा अनियमितता कायमै छ भने लामो समयमा खाना नखाएकाले शरीरमा ग्लुकोजको मात्रा घटेको छ । 


Last modified on 2019-01-22 18:30:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts