प्रचण्ड परिवारै अस्वस्थ, भाइरलले सताएपछि घरका सबै सदस्य बिरामी



Download our app to get more features

काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित परिवारका सबै सदस्य बिरामी भएका छन् । 

अध्यक्ष दाहाललाई मौसमी फ्लुले संक्रमण गरेपछि चिकित्सकले आराम गर्न सल्लाह दिएको छ । 

पत्नी सीता दाहाललाई ज्वरो आएपछि आइतबार सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । सीता दाहालको उपचार चलिरहेकै बेला भाइरल ज्वरोका कारण प्रचण्डकी नातिनी स्मिता दाहाल, दुई नाति प्रसिद्ध दाहाल र प्रणव दाहाललाई समेतलाई सोही अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । 

उनीहरूलाई सोमबार साँझ घर पठाइएको थियो । नातीहरू घर फर्केपछि प्रचण्डकी बुहारी एवं खानेपानीमन्त्री बिना मगर ज्वरोको कारण अस्तपालमा भर्ना भएकी छिन् । सुमेरु अस्पतालमा प्रचण्ड पत्नी सीता र बुहारी बिनाको उपचार भइरहेको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिएका छन् । 

चिकित्सकहरूका अनुसार उनी दुवै जनाको स्वास्थ्यमा सुधार भइरहेको छ ।

Last modified on 2019-01-23 17:00:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts