प्रदेश भित्रका सबै अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण



Download our app to get more features

काठमाडौं, १० माघ । सरकारले प्रदेश भित्रका सबै अस्पतालहरु सम्बन्धित प्रदेश सरकारलाई नै हस्तान्तरण गरेको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रदेश भित्रका सबै अस्पतालहरु औंपचारिक रुपमै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा उनले स्वास्थ्य सेवालाई अत्यन्तै प्रभावकारी रुपमा जनताको घरदैलोमा पु¥याउन प्रदेशभित्रका अस्पतालहरु प्रदेश सरकारलाई हस्तान्तरण गरिएको बताए । उनले प्रदेशहरुले आपूm मातहत आएको अस्पतालहरुको गुणस्तरमा सुधार गरेर देखाउने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले केन्द्र सरकारले हस्तान्तरण गरेको अस्पतालहरुलाई गुणस्तरीय बनाउन आवश्यक बजेटसहितका अन्य सहयोग उपलब्ध गराउन पनि संघीय सरकारको ध्यानाकर्षण गराइन् । उनले प्रदेश भित्रका अस्पतालहरुमा कार्यरत चिकित्सकहरुको सरुवा गर्दा प्रदेश सरकारसँग अनिवार्य अनुमति लिने कानुनी व्यवस्था गर्न पनि संघीय सरकारसँग माग गरिन् । केन्द्र सरकारले जथाभावी कर्मचारी सरुवा गरिदिँदा प्रदेश सरकारलाई कार्यसम्पादन गर्न कठिनाई भईरहेको मन्त्री पुनको गुनासो थियो ।

कार्यक्रममा पुनसहित सबै प्रदेशका सामाजिक विकास मन्त्रीहरु सहभागी भएका थिए । उनीहरुले हस्तान्तरणको प्रक्रिया अघि बढाउँदा ंसंस्थागत सुधारका लागि आवश्यक बजेटको व्यवस्था पनि गरिदिन संघीय सरकारलाई आग्रह गरेका थिए ।
 

Last modified on 2019-01-24 12:14:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts