गगन थापाको आक्रोशः जबर्जस्ती गर्न खोजे शुक्रबारपनि संसद चल्न दिइन्न



Download our app to get more features

काठमाडौँ ९ माघ । १६ औँ चरणको आमरण अनसनमा रहेका डा गोविन्द केसीसँग गरेका सम्झौताअनुसार नै चिकित्सा शिक्षा विधेयक परिमार्जन नभए शुक्रबारको संसद बैठकपनि अवरुद्ध पार्ने कांग्रेस सांसद गगन थापाले चेतावनी दिएका छन् । 

रिपोटर्स क्लब नेपालमा बिहीबार भएको साक्षात्कारमा नेता थापाले सरकारले केसीसँग गरेको सम्झौता तोडमोड गरेर आफू अनुकुल विधेयक पारित गर्न खोजेको आरोप दोहोर्याएका छन् । काठमाडौंभित्र १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने लगायतका व्यवस्थालाई लिएर केसीले मेडिकल कलेज खोल्नै नचाहेको भनेर आरोप लाग्ने गरेको थापाको दावी छ । 

‘मेडिकल कलेजमा भइरहेका माफियातन्त्र हटाएर गुणस्तरयुक्त कलेजबाट मेडिकलका विद्यार्थी उत्पादन गर्ने हेतुले अनसन बसेका केसीलाई उल्टो नेपालका मेडिकल विद्यार्थीलाई बाहिर पठाउने षडयन्त्र गरिरहेको लगायतका भ्रम फैलाइएको छ’, थापाले आक्रोशित हुँदै भने । नेपालमा केही मेडिकल कलेज छन्, ती भएका मेडिकल कलेजलाई फाइदा पुग्नेगरी डा केसीको आन्दोलनले निर्णय गर्न खोजेको भन्ने आरोप लागेको समेत थापाले थपे ।  उनले भने ‘डा केसीको सम्झौताले त मेडिकल कलेजका सिट कम गरेर मुलुकभित्रै प्रतिस्पर्धात्मक रुपमा मेडिकलका क्षमतावान् विद्यार्थीलाई उत्पादन गर्नुपर्छ भनिरहेको छ भने केसीले मेडिकल माफियाको पक्षमा कसरी देखिए ?’  

भिडियो हेर्नुहोस् 

 

 

Last modified on 2019-01-25 06:58:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts