केसी अनसनको १६ औं दिन चिकित्सक संघको एक्सनः सरकारलाई ७२ घण्टे अल्टिमेटम



Download our app to get more features

काठमाडौं, १० माघ । १६ औं चरणको आमरण अनशनमा रहेका शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीको विषयमा लामो मौनता साँधेको नेपाल चिकित्सक संघले ठोस कदम चाल्न भन्दै सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ । 

बिहीवार संघको कार्यालयमा आयोजित बैठकको निर्णय अनुसार संघले ७२ घण्टाभित्र केसीसँग वार्ता गर्न कमिटि गठन नगरे राजधानीभरीका चिकित्सक शिक्षण अस्पतालमा जम्मा भएर थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ । त्यस्तै, संघले केसीको माग सम्बोधन गराउन पहल गर्न सबै चिकित्सकलाई आआफ्नो ठाउँबाट लाग्न अपिल समेत गरेको छ । 

साथै उसले केसीको समर्थनमा देशका विभिन्न स्वास्थ्य शिक्षा संस्थानका विद्यार्थी चिकित्सकहरुले गरेको आन्दोलनको कार्यक्रममा समर्थन रहेको पनि स्पष्ट पारेको छ ।

Last modified on 2019-01-25 16:13:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts