प्रतिपक्षीको विरोधका बावजुद 'विवादास्पद' चिकित्सा शिक्षा विधेयक पारित



Download our app to get more features

काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधका बीच संघीय संसदको प्रतिनिधिसभाले विवादपूर्ण ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको छ । 

काँग्रेस सांसदहरुले नाराबाजी गरिरहेकै बेला सभामुख कृष्णबहादुर महराले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिएका थिए ।  काँग्रेस सांसदहरुलाई प्रक्रिया अघि बढाउन आग्रह गरेको नमानेपछि सभामुख महराले मन्त्री पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्न अनुमति दिनु भएको थियो । काँग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजेपनि मर्यादापालकले रोष्टम पु¥याएका थिए । काँग्रेस सांसदहरुलाई छल्दै मन्त्री पोखरेल रोष्टममा पुगेपछि सत्ता पक्षका सांसदहरुले ढयाप ढयाप गरेका थिए । त्यसपछि मन्त्री पोखरेलले सो विधेयक प्रस्तुत गरेका हुन् । तर, विपक्षहरुले अवरोध गरिरहेका कारण सो विधेयकमाथिको छलफलमा सत्तारुढ दलका नेताहरुले भाग लिने अवस्था थिएन ।

सभामुख महराले सो विधेयकमा छलफलमा भाग लिन आग्रह गरेपनि त्यसमा कसैले पनि भाग लिएनन् । छलफलमा भाग नलिएपछि मन्त्री पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्ने अनुमति सभामुख महराले दिएका थिए । यता, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले भने विधेयक निर्णयार्थ पेश गरेपछि झनै ठूलो स्वरमा होहल्ला गर्दै चिकित्सा शिक्षा विधेयक पारित नगर्न आग्रह गरेका थिए । तर सत्तारुढ दलको बहुमतमा सो विधेयक सभामुख महराले पारित भएको घोषणा गरे । 

वरिष्ठ चिकित्सक गोविन्द केसीको सहमति विपरितको प्रावधान विधेयकमा राखिएको भन्दै काँग्रेसले त्यसको विरोध गरिरहेको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी विहीबार १७ गते दिनको १ बजे बोलाइएको छ ।

Last modified on 2019-01-25 16:24:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts