केसीमाथि राजनीति गर्ने दिन गएः योगेश भट्टराई, सरकारलाई महंगो पर्छः गगन थापा



Download our app to get more features

काठमाडौं, ११ माघ । नेकपाका सांसद एवं शिक्षा स्वास्थ्य समितिका सदस्य योगेश भट्टराईले डा. केसीका नाममा राजनीति गर्ने दिन सकिएको बताएका छन् । चिकित्सा शिक्षा विधेयक पारित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता सांसद भट्टराईले डा केसीको अनसन बस्ने दिए पनि सकिएको टिप्पणी गरे।

साथै, भट्टराईले केसीलाई अनशन तोड्न पनि आग्रह गरेका छन्। उनले विधेयक पारित हुनु भनेको डा. केसी र नेपाली जनताको जित भएको प्रतिक्रिया दिए ।

सरकारको कपटः गगन थापा

चिकित्सा शिक्षा विधेयक पारित गर्न सत्तापक्षले कपटपूर्ण व्यवहार गरेको नेपाली काँग्रेसका सांसद एवं शिक्षा तथा स्वास्थ्य समितिका सदस्य गगन थापाले आरोप लगाएका छन् । संसदमा विरोध हुँदा हुदैं चिकित्सा शिक्षा विधेयक जवर्जस्ति पारित गरेको भन्दै थापाले यो कदम सरकार लाई मंहगो पर्ने चेतावनी समेत दिए । थापाले सरकारले दुई तिहाइ मत भएपछि कसले जित्न सक्छ भन्ने देखाउन खोजेको आरोप लगाए ।

Last modified on 2019-01-25 16:50:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts