डा.केसीको अनशन निरन्तर, काँग्रेसको आकस्मिक बैठक



Download our app to get more features

काठमाडौं, ११ माघ । डा गोविन्द केसीले अनसनलाई निरन्तरता दिने भएका छन् । चिकित्सा शिक्षा विधेयक प्रति असन्टुष्टि जनाउदैं १६ औं अनसन बसिरहेको केसीले विधेयक पारित भएपनि अनसन नतोड्ने बताएको केसीका सहयोगी प्रितम सुवेदिले जानकारी दिए ।

१५ औं अनसनमा भएको सम्झैता अनुसार हुवहु विधेयक नल्याइएको भन्दै केसीले इलामबाट अनसन सुरु गरेका थिए । स्वास्थ्यमा समस्था देखिएपछि उनलाई काठमाडौं ल्याइएपछि शिक्षण अस्पतालमा केसी अनशनरत छन् । शुक्रवार संसदबाट नेपालि काग्रसले विरोधका बावजुद चिकित्सा शिक्षा विधेयक पारित भए लगत्तै केसीले अनशन नतोड्ने बताएका हुन् ।

साथै, उनले विधेयक पास भएको परिप्रेक्ष्यमा आफ्नो धारणा राख्न साँझ ५ बजे पत्रकार सम्मेलन आह्वान गरेका छन् । यसैबीच प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको आकस्मिक बैठक सिंहदरवारमा बसिरहेको छ ।

Last modified on 2019-01-25 17:14:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts