काँग्रेस सभापति देउवाको आक्रोशः कम्युनिष्ट शैलीमा विधेयक पारित गरियो



Download our app to get more features

काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकारले अधिनायकबाद शैलीमा चिकित्सा शिक्षा विधेयक पारित गराको आरोप लगाएका छन् । 

विधेयक पास भएलगत्तै संसद भवनमा पत्रकारलाई प्रतिक्रिया दिँदै सभापति देउवाले एकलौटी ढङ्गबाट जबर्जस्ती र कम्युनिस्ट शैलीबाट पारित गरिएको बताए । सभामुख कृष्णबहादुर महराले पनि पदको दुरुपयोग गरेको सभापति देउवाले आरोप लगाए । सभामुख भन्ने तटस्थ पद भएपनि पदको दुरुपयोग भएको र एकदमै दुःख लागेको उनले बताए । देउवाले अब सरकार विरुद्ध सडक र सदन दुवैबाट आन्दोलन गर्ने समेत चेतावनी दिए । फाइल फोटो

Last modified on 2019-01-25 18:52:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts