अत्याधिक औषधिको असरले प्रधानमन्त्रीको निर्णय क्षमतामा ह्रास आयोः डा. केसी



Download our app to get more features

काठमाडौं, ११ माघ । १६ औं अनशनमा रहेका शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले संसदबाट चिकित्सा शिक्षा विधेयक पास भएपछि प्रधानमन्त्री विरुद्ध आक्रोशपूर्ण टिप्पणी गरेका छन् । 

संसदले बहुमतले विधेयक पारित गरेपछि शिक्षण अस्पतालमा आकस्मिक पत्रकार सम्मेलन गरेका डा. केसीले सहयोगी मार्फत प्रधानमन्त्री ओलीलाई कटाक्ष गरेका हुन् । केसी आफैले भने बोलेनन् । केसीको भनाइलाइ उनका सहयोगी डा. जीवन क्षेत्रीले सुनाएका थिए । 

उनले प्रधानमन्त्री धेरै नै अस्वस्थ रहेको र अत्याधिक औषधि सेवनका कारण उनको सहि निर्णय गर्न सक्ने अवस्था नरहेको बताए । केसीले विज्ञप्तिमार्फत पनि प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् । उनले लेखेका छन् , 'प्रधानमन्त्रीको निर्णय क्षमता उहाँको स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मूल्य राष्ट्रयले चुकाइरहन पर्नु दुर्भाग्यपूर्ण कुरा हो ।'

साथै डा. केसीले आफैले गरेको सम्झौता विपरित विधेयक पास गराउने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । 

Last modified on 2019-01-25 19:13:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts