शिक्षामन्त्री पोखरेलको नयाँ तर्कः शैक्षिक सत्रलाई लक्षित गरि तत्काल विधेयक पारित गरियो



Download our app to get more features

काठमाडौं, ११ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी शैक्षिक सत्रलाई लक्षित गरी अग्रसरताका साथ चिकित्सा शिक्षा विधेयक पास गरेको तर्क गरेका छन् । २०६९ सालदेखि छलफल हुँदै आएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ प्रतिनिधिसभाबाट पारित भएकोमा खुसी व्यक्त गर्दै मन्त्री पोखरेलले विधेयकमा डा. गोविन्द केसी र चिकित्सा क्षेत्र सुधारको माग गर्दै आएका सबैको सुझावलाई समेटिएको दावी गरे । 

उनले चिकित्सा शास्त्र अध्ययन संस्थानको नयाँ शैक्षिक सत्र बैशाखबाट सुरु हुने भएकाले सो विधेयक पारित गराउन सरकारले तदारुकता देखाएको जिकिर गरे । सो विधेयक काँग्र्रेसको अवरोधका बीच पारित भएलगत्तै उहाँले अन्तरबस्तु र प्रक्रिया दुवै हिसावले सो विधेयक सही ढंगले पारित गरिएको पोखरेलको दावी छ । 

मन्त्री पोखरेलले चिकित्सा क्षेत्र सुधारका लागि उपयोगी हुने सो विधेयक राष्ट्रिय सभाले पारित गरेपछि ऐनको रुपमा लिने र त्यसलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने प्रतिवद्धता पनि व्यक्त गरे ।  उनले डा. केसीसँग गरिएको सहमति अनुसारको अन्तरबस्तुमै आधारित भएर सो विधेयक पारित गरिएको भन्दै अनसन तोड्न केसीलाई आग्रह गरे । 

Last modified on 2019-01-27 07:10:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts