चौतर्फी दवावपछि चिकित्सक संघ तात्योः सोमवारदेखि १०-५ रिले अनशन



Download our app to get more features

काठमाडौं, १३ माघ । पूर्वसम्झौता अनुरुप चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने माग राखी २० दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनमा नेपाल चिकित्सक संघले रिले अनशन थाल्ने भएको छ ।यसअघि दिइएको ७२ घण्टे अल्टिमेटम सकिएपछि संघले त्रिवि शिक्षण अस्पतालमा कार्यक्रम गरी सोमबारदेखि रिले अनशन थाल्ने जनाएको छ ।

अस्पताल प्रांगणमा आयोजित कार्यक्रममा संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले डा. केसीको जीवनरक्षाका निम्ति आन्दोलन थप चर्काउने बताए । उनले भने भोलिदेखि रिले अनशन गर्छौं आवश्यक्ता अनुसार अस्पतालका बहिरंग सेवा पनि बन्द गर्न सकिन्छ । संघले यसअघि सरकारलाई वार्ता थाल्न भनेर ७२ घण्टे अल्टिमेटम दिएको थियो । सो अनुसार सरकारले कुनै पहल नथालेपछि संघले बाध्य भएर आन्दोलन चर्काउने संकेत गरेको हो ।

केसीको अनशन लम्बिँदै जाँदा संघ मौन बसेको भन्दै चौतर्फी विरोध भएपछि संघले संघर्षका कार्यक्रम सुरु गरेको हो । त्यस्तै, नेपाल चिकित्सक संघले भर्खरै पारित भएको विधेयक सम्बन्धमा आफ्नो धारणा व्यक्त नगरेको भनेर पनि चिकित्सा जगतबाट नेतृत्वको आलोचना सुरु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्राध्यापक डा. मधूर बस्नेत लेख्छन् ः हालै पारित चिकित्सा शिक्षा विधेयकमा 'नेपाल चिकित्सक संघूका तर्फबाट (केसी सरले जे भन्नुभयो हाम्रो कुरा त्यही हो भन्ने हो भने त्यो पनि स्पष्ट आउनुपर्यो) बुँदागत रूपमा यीरयी कुरामा असहमति हो र त्यसमा यसरी समाधान निकाल्न सकिन्छ भन्ने आउनुपर्यो । त्यसैगरी अन्य मागमा पनि बुँदागत रूपमा स्पष्ट रूपमा चिकित्सक संघको धारणा आउनुपर्यो ।

Last modified on 2019-01-28 08:15:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts