प्रदूषित हावामा श्वास लिनाले बढ्छ मोटोपनको खतराः अध्ययन



Download our app to get more features

हालै गरिएको एक अध्ययन अनुसार अत्यधिक वायु प्रदूषण भएको स्थानमा रहने बच्चाहरु अन्य बच्चाहरुको तुलनामा अधिक मात्रामा जंक फुड खाने गर्छन् । अध्ययनकर्ताका अनुसार, वायुमा प्रदूषणको स्तर बढि हुनाले मानिसमा हाई ट्रान्स फ्याट डाइटको सेवन ३४ प्रतिशतले बढेर जान्छ । अत्यधिक वायु प्रदूषणको कारण मानिसहरु घरको साटो बाहिर गएर जंक फूड बढि खाने गरेको पनि अध्ययनमा पाइएको छ ।

हुन त यसको कारण अहिले सम्म पत्ता लाग्न सकेको छैन, आखिर किन यस्तो हुन्छ भनेर । तर, एक्सपर्टहरुका अनुसार यसको सम्बन्ध वायुमा पाइने प्रदूषित तत्वसँग जोडिएको छ । एक्सपर्टका अनुसार, प्रदूषणले शरीरलाई खानाको माध्यमबाट मिल्ने शक्ति र ब्लड शुगरमाथि प्रभाव पर्छ र भोक पनि कम लाग्न थाल्छ ।

यूनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियाका अध्ययनकर्ताको टोलीले गरेको सो अध्ययनमा, वायु प्रदूषणको स्तरलाई कम गरेर मानिसमा मोटोपनको समस्यालाई पनि कम गर्न सकिन्छ । यो अध्ययन अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित गरिएको छ । यस अध्ययनमा अध्ययनकर्ताको टोलीले ३ हजार १ सय बच्चालाई अध्ययनमा सहभागि गराएका थिए र उनमा वायु प्रदूषणका कारण हुने रेस्पिरेटरी सिस्टममाथि हुने प्रभावको जाँच पनि गरिएको थियो ।

अध्ययनमा सहभागि बच्चाहरुसँग उनको खानाको बारेमा केहि प्रश्नहरु सोधियो, कि उनीहरु बाहिर कुन बेला र के खान्छन् ? अध्ययनका क्रममा अध्ययनमा सहभागि सबै मानिसले घर वरपर भएका होटल, ठेलामा चिल्लो पिरो खाना खाने गरेको बताए । अध्ययनमा सहभागिहरुले घर वरपर भएको विजुलीको संयन्त्र र गाडीबाट निस्कने प्रदूषणको मात्रा पनि जाँच गरेका थिए ।

अध्ययनकर्ताका अनुसार वायु प्रदूषण अत्यधिक हुने ठाउँमा बच्चाहरुले उच्च बोसोयुक्त खानाको सेवन गरेको पाइयो । अत्यधिक वायु प्रदूषणमा रहने  बच्चा ३४ प्रतिशत बढि उच्च बोसो युक्त खाना खाने गरेको अध्ययनबाट पत्ता लागे अध्ययनकर्ताले दावी गरेका छन् ।

अध्ययनका अनुसार मुख्य लेखक डा.झाङ्गुहा चेनले बताए अनुसार, जसरी जसरी बच्चाहरु बढ्दै जान्छन् उनीहरु दिमागी अवस्थाहरु म्याच्योर पनि हुँदै जान्छन् । यस क्रममा पर्यावरणको कारकहरुले मानिसको दिमागमा अत्यधिक प्रभाव पर्न जान्छ । जुन लामो समय सम्म रहिरहन्छ । उनले भने, ‘वायु प्रदूषणले मानिसको मस्तिष्कको क्रियाकलाप र उनको खानामा हुने परिवर्तन र मोटोपनको कारण जाँच गर्नका लागि हामी अरु अध्ययनहरु पनि गर्ने तयारीमा छौं ।’

उसो अहिले सम्म यो पूर्ण रुपमा स्पष्ट भइसकेको छैन की वायु प्रदूषणको मोटोपनसँग के सम्बन्ध छ । वैज्ञानिकका अनुसार प्रदूषित हावामा श्वास लिनाले शरीर सुन्निन सक्छ । त्यस बाहेक प्रदूषित हावामा श्वास लिनाले शरीरलाई खानाबाट पनि शक्ति प्राप्त हुँदैन । जस कारण शरीरमा ब्लड शुगरको मात्रा कम हुन जान्छ । ब्लड शुगर कम हुनाले मानिसहरु आवश्यक्ता भन्दा बढि खान थाल्छन् जसको कारणले उनीहरुमा मोटोपन बढेर जान्छ । 

 

(एजेन्सीको सहयोगमा)
 

Last modified on 2019-01-28 09:05:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts