शिक्षण अस्पतालमा चिकित्सक संघको रिले अनशन, करिब ५० जना सहभागी 



Download our app to get more features

काठमाडौं, १४ माघ । नेपाल चिकित्सक संघको आह्वानमा शिक्षण अस्पतालमा डा. गोविन्द केसीको पक्षमा रिले अनशन सुरु भएको छ । 

केसीको आमरण अनशन तीन हप्ता पुगिसक्दा समेत सरकारले वार्ता गर्ने कमिटि पनि नबनाएको भन्दै संघ आन्दोलनमा गएको हो । संघले यसअघि ७२ घण्टाभित्र डा. केसीको माग सम्बोधनको पहल सुरु गर्न सरकारलाई अल्टिमेटम दिएको थियो । आन्दोलनको कार्यक्रम अनुसार संघले रिले अनशन सुरु गरेको हो । शिक्षण अस्पताल महाराजगञ्जमा जम्मा भएका चिकित्सकहरुले १० बजेदेखि ५ बजेसम्मका लागि रिले अनशन गरेका हुन् । सरकारले अझै केसीसँग छलफल सुरु नगरे आन्दोलनका कार्यक्रमलाई थप कडा बनाउने संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए । 

संघले आयोजना गरेको रिले अनशनमा करिब ५० जना चिकित्सक सहभागी भए । नेपाल चिकित्सक संघका अधिकारीहरु सहित शिक्षण अस्पतालका चिकित्सक एवं आवासीय चिकित्सकहरु रिले अनशनमा बसेका छन् । 

Last modified on 2019-01-29 07:12:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts