एमबीबीएस भर्नाः ‘लूपहोल’बाट ५ प्रतिशतसम्म अनाधिकृत भर्ना

Download our app to get more features

काठमाडौं, १५ माघ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले आनाधिकृत रुपमा एक सय एक विद्यार्थी एमबीबीएसमा भर्ना गरेको फेला परेको छ । केयू अन्तर्गतका १० मेडिकल कलेज मध्ये ९ वटाले काउन्सिलले तोकेको १ सय सिटमा १ सय १ विद्यार्थी भर्ना गरेको प्रमाण फेला परेको हो । कलेजहरुले पाँच प्रतिशतसम्म बढी भर्ना गरेको र अनाधिकृत रुपमा रकम असुलेको पाइएको हो । 

काउन्सिल उच्च स्रोतका अनुसार गत वर्ष पनि कलेजहरुले तोकेको भन्दा एकजना बढी विद्यार्थी भर्ना लिएका थिए । यसवर्ष पनि त्यही प्रवृत्ति दोहो¥याएको फेला पर्यो काउन्सिल स्रोत भन्छ । मेडिकल कलेजहरुले मौखिक रुपमा गत वर्ष र यो वर्ष १०१ औं जनालाई पूर्ण छात्राबृत्तिमा पढाउने भन्दै काउन्सिलमा अनुरोध गरेका थिए । काउन्सिलले उनिहरुको मौखिक प्रस्तावलाई अस्वीकार गरेको थियो  ।  

केही दिन पछि लिखित रुपमै प्रस्ताव आयो एक सदस्यले भने, १०१ औ विद्यार्थीलाई भर्ना गरेर ५० प्रतिशत छात्रावृत्ति दिन्छौं भनेर लिखित आयो । उक्त रकम कलेजलाई नदिने गोल्डेन सिल्भर जुब्ली फण्डमा राख्ने प्रस्ताव थियो । विश्वविद्यालयको २५ औं वार्षिक उत्सवमा दिने लगायत विभिन्न शीर्षक देखाएका थिए । काउन्सिलको पूर्ण बैठकले निर्णय सहित भन्यो मेडिकल कलेजहरुले छात्रावृत्ति दिने भए तोकेको १०० सिट भित्रैबाट दिनू । तर, अहिले सबै मेडिकल कलेजले भर्ना लिएको सूचि मगाउँदा सबैमा १०१ जना विद्यार्थी भर्ना भएको देखियो । सो  रकम विश्वविद्यालयका पदाधिकारी र कलेजका पदाधिकारीले बाँडेका छन् । 

त्रिवि र केयूमा ५ प्रतिशत बढी विद्यार्थी भर्ना 
मेडिकल काउन्सिलका अनुसार हरेक वर्ष त्रिवि र केयूले तोकेभन्दा पाँच प्रतिशत विद्यार्थी भर्ना लिएको पाइएको छ । 
विद्यार्थीहरुले पहिलो वर्ष ब्याक लगाए पनि पठनपाठनमा अवरोध हुँदैन । तर, दोस्रो वर्ष चार पटकमा अनिवार्य सबै विषय पास हुनुपर्छ । विश्वविद्यालयले लिने परिक्षा चार पटकमा पास गर्न नसकेको खण्डमा त्रिवि र केयूले त्यस्ता विद्यार्थीको दर्ता नै रद्द गर्दै आएका छन् । 

चारपटक भन्दा बढी परीक्षा दोस्रो वर्षमा दिन पाइँदैन । यही बीचमा हुने खाली कोटालाई पूर्ति गर्न त्रिवि र केयूले ५ प्रतिशत बढी विद्यार्थी भर्ना गर्दै आएको प्रमाण पनि काउन्सिलले फेला पारेको छ । यसरी भर्ना गर्दा काउन्सिललाई कुनै जानकारी दिएको हुँदैन । कलेज र विश्वविद्यालय पदाधिकारीको मिलेमतोमा बीचबीचमा भर्ना गरिन्छ । 
 
एक सय सिट दिएकोमा अघिल्लो वर्ष छोडेर गएको भन्दै काउन्सिलको बिना जानकारी ५ जना बढी विद्यार्थी भर्ना गरेको देखियो काउन्सिलका एक सदस्यले भने । उनले भने, कतिपय विद्यार्थीले पास गर्न नसकेर बीचमा छाड्छन, कतिपय मर्छन, कलेजलाई एक वर्ष भित्रमा सबै शुल्क बुझाउनु पर्ने भएकाले छाडेर गएपनि केही फरक पर्दैन । काउन्सिलले यस वर्ष आफै लागेर अध्ययन गरेपछि यस्तो खेलो फेला पारेको हो । एक मेडिकल कलेजमा प्रत्येक वर्ष ४ जनासम्म विद्यार्थीको कोटा विभिन्न कारणले रिक्त हुने गर्छ । 

स्टाफ कोटाका नाममा बाहिरको व्यक्ति भर्ना
आर्थिक चलखेलका नाममा सबै मेडिकल कलेजले स्टाफ कोटा राखेको पाइएको छ । तर, कसैले पनि स्टाफ कोटामा पढाएका छैनन । त्यस्तै वेटिङ्मा लिएर भर्ना गरेको पाइएको छ । स्टाफ कोटा राखेर भर्ना गर्ने प्रावधान छैन । तर, कलेजहरुले स्टाफको नाममा बाहिरको विद्यार्थी  भर्ना गरेर अतिरिक्त रकम लिने गरेको पाइएको काउन्सिलले भनेको छ । विगतमा स्टाफ कोटा भनेपछि त्यहाँको कर्मचारीको बाहेक बाहिरका ले पढ्न पाउँदैनन् भन्ने मान्यता थियो । तर, काउन्सिलले त्यसलाई पनि खुला प्रतिस्पर्धाबाट नाम निकालेर आएपछि मात्रै भर्ना लिने भनेपछि हटेको थियो । केयू अन्तर्गत १० वटा मेडिकल रहेका छन् ।

Last modified on 2019-01-29 12:30:37

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts