चिकित्सा शिक्षा विधेयकको नर्सिङ संघद्वारा स्वागत, मन्त्रीको सल्लाहकार कमिटिमा नर्सलाई पनि राख्न आग्रह



Download our app to get more features

काठमाडौं, १५ माघ । उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नर्सहरुलाई कहिलैपनि बिर्सन नहुने बताएका छन् । नेपाल नर्सिङ संघको ५७ औं वार्षिकोत्सवको अवसरमा संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले नेपाल सरकारले दिने सहयोग र कार्यक्रममा नर्सहरुलाई कुनैपनी हालतमा नछुटाउने आश्वासन दिए । मन्त्री यादवले बिगत ५७ वर्षदेखी अनवरत नेपालको स्वास्थ क्षेत्रमा खटिएका नर्सहरु प्रति आफ्नो सम्मान रहेको पनि बताए ।

कार्यक्रममा नर्सिङ संघका पदाधिकारीहरुले नेपालमा उत्पादन भएका नर्सहरु विश्वका जुनसुकै देशले उपयोग गरिरहेको तर आफ्नै देशले भने उपयोग गर्न नसकेको गुनासो गरे । कार्यक्रममा संघकी अध्यक्ष तारा पोखरलेलले स्वास्थ्य क्षेत्रमा अग्रणी भुमिकामा रहने नर्सहरु कार्यक्षेत्रमा अझैपनी सुरक्षित हुन नसकेको र विभिन्न बहानामा भोलन्टियर राख्ने प्रवृत्ति अझै भएको भन्दै, देशमा ठुलाठुला परिवर्तन आएपनि नर्सहरुको लागि कहिल्यै राम्रो दिन आउन नसकेको अध्यक्ष पोखरेलले असन्तुष्टि व्यक्त गरिन् ।

अहिले एक नर्स बराबर ५० जना बिरामीलाई सेवा दिइरहेको र यसले नर्सको सेवा पर्याप्त हुन नसकेको पोखरेलको तर्क छ । अध्यक्ष पोखरेलले मन्त्रीको सल्लाहाकार टिममा नर्सलाई पनि समेट्न स्वास्थ्य मन्त्री यादवलाई अनुरोध गरिन् । सुरक्षित कार्यक्षेत्र, गुणस्तरीय नर्सिङ सेवा भन्ने मुल नाराको साथ नर्र्सिङ दिवस मनाइएको हो ।

चिकित्सा शिक्षा विधेयकको नर्सिङ संघद्वारा स्वागत

साथै कार्यक्रममार्फत संघले संसदबाट पारित भएको चिकित्सा शिक्षा विधेयकलाई स्वागत गरेको छ । संघकी अध्यक्ष तारा पोखरेलले विधेयकमा नर्सका विषय पनि समेटिएको भन्दै खुशी व्यक्त गरिन् । ‘अहिलेको विधयेक नर्सहरुको मागलाई पनि समेटेको छ । हामीलाइ एकदमै खुसी लागेको छ हामी चिकित्सा शिक्षा विधयेककोमा खुसी छौं ’। अध्यक्ष पोखरेलले थपिन् ।

Last modified on 2019-01-29 13:55:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts