ग्यास्ट्रिकको बेलैमा उपचार नगरे क्यान्सर ! (भिडियो सहित)



Download our app to get more features

अधिकांश नेपालीलाई ग्यास्ट्राइटिस अर्थात चलनचल्तीको भाषामा भन्दा ग्यास्ट्रिकको समस्या रहेको छ । खानपान र जीवनशैलीका कारण यस्तो समस्याका बिरामीहरु दिनप्रतिदिन बढिरहेका छन् । किन हुन्छ ग्यास्ट्रिक ? यसबाट बच्न के गर्ने ? जनरल फिजिसियन तथा छाती रोग विशेषज्ञ डाक्टर प्रकाश पौड्याल यसो भन्छन् ...

चिकित्सकीय भाषामा ग्यास्ट्रिक भनेको पेट हो । ग्यास्ट्रिकमा देखापर्ने समस्या भएकाले नै यसलाई ग्यास्ट्राइटिस भनिएको हो । 

के हो ग्यास्ट्राइटिस ?

हाम्रो शरीरमा विभिन्न पाचन रसहरु रहेका हुन्छन् । खाना खाँदा आमाशयभित्र हाइड्रोक्लोरिक एसिड नामको अम्ल उत्पादन भैरहेको हुन्छ । जसले खानालाई पचाउनुको साथै, आमाशायभित्र रहेका किटाणुहरुलाई मार्ने काम गर्छ ।  हेलिकोब्याक्टर पाइलोरी नामक एक प्रकारको किटाणु हुन्छ । यहीभित्र रहेको हाइड्रोक्लोरिक एसिड र हेलिकोब्याक्टर पाइलोरीको समायोजित उत्पादन र मात्र नमिले देखिने समस्या नै ग्यास्ट्राइटिस् हो । 

ग्यास्ट्राइटिस् हुने कारण :

  • असन्तुलित खानपान ।
  • समयमा नखानु ।
  • मसलादार खाना बढी खानुको साथै, अमिलो, पिरो, चिल्लो बढी खानु ।
  • पानी कम पिउनु वा शरीरमा पानीको मात्र कम हुनु ।
  • धुम्रपान तथा मध्यपानको सेवन बढी गर्नु ।
  • खाली पेटमा दुध हालेको चियाकफी पिउनु । 
  • खानासाथ सुत्ने बानी गर्नु । 
  • दिशा पिसाब लामो समय रोक्नु ।

ग्यास्ट्राइटिस्का लक्षणहरु:

ग्यास्टाइट्रिस्का लक्षण यो कुन चरणमा पुगेको छ सोही अनुसार हुने गर्दछ । साधारणतथा पेट दुख्नु ।

  • श्वास फेर्न असजिलो हुने । 
  • मुखमा अमिलो पानी आउने । 
  • पेट फुल्ने ।
  • बान्ता आउने ।
  • खान मन नलाग्ने । 
  • छाती पोल्ने ।
  • कालो दिसा आउने ।
  • खाना अपच हुने । 
  • नाइटो वरपरको भाग बढी दुख्ने ।
  • लामो समय भए तौल घटदै जाने ।

कसरी हुन्छ ग्यास्टाइट्रिस बिग्रिए क्यान्सर :

ग्यास्टाइट्रिसलाई सामान्य रुपमा लिनु हुँदैन् । यसको बेलैमा उपचार गरिएन भने ज्यान नै जान सक्छ । आमाशयका भित्तामा इन्फ्लामेसन सुन्निएर रातो भएर दुख्ने समस्या पछि ग्यास्ट्राइटिस्मा परिणत हुन्छ । ग्यास्ट्राइटिस्लाई उपचार गरिएन भने बिस्तारै यसले आन्द्रामा असर पुर्याउँछ र अल्सर हुन्छ । र कालान्तरमा गएर क्यान्सर जस्तो घातक रोग लाग्छ ।  

ग्यास्ट्राइटिस्बाट बच्ने उपाय :

यसबाट बच्ने सबैभन्दा उपयुक्त तरिका भनेकै नियमित तरिकाले,सन्तुलित खाना खाने । भोक लागेको बेला खाने, नलागेको बेला कोचेर नखाने । धुम्रपान मद्यपान नगर्ने । सुख्खा खानेकुरा भुजिया,चिउरा जस्ता कुरा नखाने । बढी अमिलो, पिरो, चिल्लो खाना नखाने ।

Last modified on 2019-01-30 07:10:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts