क्यान्सर रोगबारे जनचेतनामूलक मोटर र्याली



Download our app to get more features

काठमाडाँै, १६ माघ।  क्यान्सर रोगबारे जनचेतना अभिवृद्धि गर्नुका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफलपार्नका लागि आगामी शुक्रबार काठमाडौं– पोखरा मोटर र्यालीको आयोजना गरिने भएको छ । 

नेपाल अर्बुद रोग निवारण संस्था र काठमाडौं गेष्टहाउस फाउण्डेशनद्वारा संयुक्तरुपमा आयोजना गर्न लागिएको सो कार्यक्रममा काठमाडौंबाट जनचेतना अभिवृद्धिसम्बन्धी ब्यानरसहित मोटर ¥याली २०० किलोमिटरको दूरी पूरा गरी पोखराको सारङकोट पुगेर समापन हुने र विजयीलाई पुरस्कार प्रदान गरिने आयोजक संस्थाका महासचिव दिवाकर कर्णिकारले बताए। 

यस र्यालीले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनुका साथै क्यान्सर रोगको समयमै उपचार गरे निको हुन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्य रहेको अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। रासस

Last modified on 2019-01-30 13:57:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts