पाठेघरको क्यान्सर विरुद्ध अल्का अस्पतालको अभियानः एचपिभी खोप तालिकामा राख्न माग



Download our app to get more features

काठमाडौं, १६ माघ । ललितपुरको जावलाखेलस्थित पाठेघरको मुखको क्यान्सर दिवस २०१९ को अवसरमा बुधबार प्रभातफेरी र शिविर आयोजना गरेको छ । 

लायन्स क्लबसँगको सहकार्यमा आयोजना गरिएको अभियान अन्तर्गत बिहान पहिलो चरणमा अल्का अस्पताल जावलाखेलबाट सुरु भएको  र्‍याली   कुमारीपाटी, लगनखेल, पाटन, पुल्चोक हुदैँ अल्का अस्पतालमा पुगेर सकिएको थियो। 

र्याली पछि जावलाखेल चोकमा स्त्री रोग विशेषज्ञसहितको टोलीले महिलाहरुको निशुल्क पाठेघर जाँच गरेको थियो। 

पाठेघरको मुखको क्यान्सर भएको छ कि छैन भनेर प्याप स्मेयर परीक्षण गरिएको डाक्टर रंगिना शाहले बताइन् । पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो। 

ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ। यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ।

पाठेघरको मुखको पानी निकालेर परीक्षण गर्ने विधिलाई प्याप स्मेयर भनिन्छ। डाक्टर शाहका अनुसार २१ देखि ६० उमेरका विवाहित महिलाहरुले हरेक वर्षमा एक वर्ष  पाठेघरको मुखको क्यान्सर छ कि छैन भनेर जाँच गर्नुपर्ने हुन्छ। यसले रोग रोकथाममा सघाउ पुर्याउने विश्वास डाक्टर शाहको छ। 

त्यस्तै पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि एचपिभी खोप लगाउन चिकित्सकहरुले सुझाव दिएका छन् । 

विकसित देशहरुमा यो खोप लगाउने त्यहाँको सरकारले नै खोप तालिकामा राख्ने गरेको भन्दै चिकित्सकहरुले नेपालमा पनि एचपिभी खोप, खोप तालिकामा राख्न सरकारलाई सुझाव दिएका छन् । 

यसले रोग रोकथाममा ठूलो सहयोग पुर्याउने डाक्टर शाहले बताइन् । हरेक ११ वर्षदेखि १३ वर्षका किशोरीहरुमा यो खोप लगाउन सुरु गर्नुपर्ने उनले बताइन् ।

Last modified on 2019-01-30 15:01:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts