नेशनलले नि:शुल्क क्यान्सर जाँच गर्ने, नि:शुल्क सदस्यता कार्ड बाँडने



Download our app to get more features

काठमाडौं, १६ माघ । क्यान्सर दिवसको अवसरमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले बृहत स्वास्थ्य शिविरको आयोजना गरेको छ । फेब्रुअरी चारमा बिरामी भए पछि होईन, बिरामी नहुँदै स्वास्थ्य जाँच गरौं भन्ने नाराको साथ विश्व क्यान्सर दिवस मनाइदै छ । शिविर अस्पताल परिसरमा नै हुने भएकाे छ ।

अस्पतालले नि:शुल्क स्वास्थ्य जाँच र परामर्शका साथै बिभिन्न चेकजाँच तथा शल्यक्रियामा बिशेष छुटको व्यवस्था गरिएको अस्पतालले जनाएकाे छ । ज्येष्ठ नागरिकलाई निशुल्क बार्षिक सदस्यता कार्ड प्रदान गरिनुका साथै ८० बर्ष नाघेका ज्येष्ठ नागरिकलाई सम्पूर्ण परिक्षणमा ८० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको अस्पतालका सहायक मेडिकल निर्देशक डा.अजय पराजुलीले जानकारी दिए । दुषित खाना, धुम्रपान तथा मद्यपान, प्रदुषण, अव्यवस्थित जीवनशैली र वंशाणुगत समस्याका कारण क्यान्सर रोग बढिरहेकाे पराजुलीले बताए ।

उनले नियमित स्वास्थ्य जाँच गराई उचित परामर्श लिन र कुनै पनि रोग देखिएमा तुरुन्तै उपचार गराई स्वस्थ रहन सबैलाई सुझाव दिए । उनले भने, 'समय छँदै पत्ता लगाउन सकेको खण्डमा, धेरैजसो क्यान्सर पुर्ण रुपमा निको पार्न सकिन्छ ।'

Last modified on 2019-01-31 10:12:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts