डाक्टरले हड्ताल गरेकोमा प्रधानमन्त्रीको असन्तुष्टि



Download our app to get more features

काठमाडौं, १७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका चिकित्सकहरु आन्दोलित भएको भन्दै असन्तुष्टी जनाएका छन् ।

चिकित्सा शिक्षा विधेयक पारित भइसकेपछि एक जना डाक्टरलाई समर्थन गरेर डाक्टरहरुले जनतालाई दुःख दिने काम गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । 

चिकित्सा शिक्षा विधेयकको विरुद्धामा अनसनरत डा.गोविन्द केसीको समर्थनमा देशभरका चिकित्सकहरु आन्दोलित भएपछि प्रधानमन्त्री ओलीले बिरामीको उपचार गर्ने डाक्टरले हड्ताल गरेको भन्दै असन्तुष्टि जनाएका थिए ।

यसैगरी उनले कांग्रेस नेताका नाममा रहेका अस्पताल आफूले अघि बढाउन खोजेपनि कांग्रेसले यथास्थितिमा राख्न खोजेको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गिरिजा प्रसाद कोइराला र वीपी कोइरालाका नाममा भएका अस्पताललाई आफूले अघि बढाउन कांग्रेसका नेताहरुलाई अनुरोध गरिरहेको भएपनि असमझदारी राखेर यथास्थितिमा रहन खोजेको आरोप लगाए । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts