बुढ्यौलीमा देखिने समस्या रोक्न युवाको रगत



Download our app to get more features

काठमाडौं । नयाँ अनुसन्धानले युवाहरुको रगतमा उमेरका कारण हुने क्यान्सर, विस्मृति र मुटुसम्बन्धी विभिन्न रोगहरु रोक्ने गुण भएको संकेत गरेको छ ।

सो अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले मानिसमा यो कति प्रभावकारी हुन्छ भनेर परीक्षण गर्नुअघि अन्य जनावरमा थप परीक्षण आवश्यक भएको बताएका छन् । यो सँगै जीवन स्वस्थ र दीर्घ बनाउन एउटा नयाँ उपाय पत्ता लागेको छ । आफ्नो शरीरमा जवान व्यक्तिको रगत हाल्ने ।

युनिभर्सिटी लन्डनका वैज्ञानिकहरुका अनुसार युवाहरुको रगतले उमेर बढ्दै जाँदा हुने विस्मृति, क्यान्सर र मुटुसम्बन्धि रोग रोकिदिन सक्छ । नेचर जर्नलमा प्रकाशित अध्ययनले जनावरमा गरिएको परिक्षण सकारात्मक भएको देखाएको छ । जवान मुसाको रगत दिइएपछि पाका मुसाहरुमा उमेरसँग सम्बन्धित रोगहरु नदेखिएको अध्ययनले जनाएको छ । यसको अर्थ स्वस्थ रहन सघाउने तत्वबारे थाहा पाउन रगतको अझ गहन अध्ययन हुनुपर्छ । ब्रिटिस वैज्ञानिकहरुले जनावरमा थप परिक्षण आवश्यक भएको बताएका छन् ।

अमेरिका भने यस क्षेत्रमा अगाडि छ । सान फ्रान्सिस्कोस्थित एउटा कम्पनीले मानिसमा यस्तो परीक्षण गर्दै आएको छ । एम्बो्रसिया ले किशोरकिशोरीबाट संकलित प्लाज्मा आठ हजार डलरमा बेच्छ ।कलेस्टरलको मात्रा घट्ने आदि सुधार बिरामीमा देखिएको सो कम्पनीका संस्थापकले बताएका छन् । मुसामा १ सय ५० वर्षअघि प्रयोग गरिएको प्रविधिबाट प्रभावित भएर यो विधि थालिएको हो । दुईवटा मुसाको रक्तसञ्चार प्रणाली शल्यक्रिया मार्फत जोडिदिँदा सञ्चारित रगतले तिनका अंग, मांसपेशी र स्टेम सेललाई पुनर्ताजगी प्रदान गरेको अध्ययनले देखाएका छन् । तर यो नैतिक विषय पनि हो । चाहिएका व्यतिmलाई रक्तदान गरेको भन्ठान्ने युवाहरुबाट संकलित रगत किन्ने विषय । यो उपचार विधिले फाइदा पुग्छ भनेर प्रमाणित गर्न चिकित्सकीय आधार नभएको आलोचकहरुको दाबी छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts