चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित हुँदै



Download our app to get more features

काठमाडौं, १७ माघ । चिकित्सा शिक्षा विधेयक आज राष्ट्रिय सभाबाट पारित गर्ने कार्यसूचि राखिएकाे छ ।

दिउसो २ बजेका लागि बोलाइएको बैठकमा चिकित्सा शिक्षा विधेयक माथि छलफल हुने छ । बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीले विधेयकमा माथि छलफल गरियोस भन्ने प्रस्ताव पेस गरेसँगै छलफल सुरु हुने छ ।

डा. गोविन्द केसीका माग पुरा गर्न र काग्रेसका नेताका नाममा भएका अस्पताल खारेज नगर्न माग राख्दै नेपाली काग्रेसका संसादहरुले विरोध जनाइरहेकै अवस्थामा चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भइसकेको छ । चिकित्सा शिक्षा विधेयक माथि असनतुष्टि जनाउदै डा . केसी विगत २३ दिन देखि आमरण अनसनमा बसिरहेका छन् ।

उनले सरकारले आफुसँग भएको सहमति हुवहु विधेयकमा नराखिएको भन्दै अनसन थालेका हुन ।

Last modified on 2019-01-31 14:45:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts