अनशन तोडेको भोलिपल्ट के गर्दैछन् केसी ?



Download our app to get more features

काठमाडौं १८ माघ ।  २४ औं दिन शुक्रबार १६ औं अनसन तोडेका शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसी  आइसियूमा उपचार गराइरहेका छन्। लामो समयको अनसनले उनको स्वास्थ्यमा जटिल समस्याहरु आएको उनका चिकित्सकहरुले बताएका छन् ।

मुटुको चाल अनियमित र छातीको संक्रमणमा देखिएकोले शरीर पनि शिथिल भएको चिकित्सकलाई उदृत गर्दै डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।  केसीको स्वास्थ्यमा सुधार नआएसम्म उनलाई आइसियुमै राखिनेछ ।

चिकित्सा शिक्षा विधेयकको मस्यौदा गर्ने माथेमा कार्यदल, प्रमुख प्रतिपक्षी पार्टी नेपाली काँग्रेस, चिकित्सकहरुको संघसंगठन र नागरिक अगुवाहरुको दबाबपछि केसीले शुक्रवार अनशन तोडेका हुन् ।

सरकारले केसीको असहमतिका बीच विधेयक पारित गरेपछि फरक रुपमा संघर्ष जारी राख्ने बताउँदै डा. केसीले अनशन तोडेका थिए । डा.केसीले राष्ट्रपतिलाई विधेयक प्रमाणिकरण नगर्न माग पनि गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा आक्रोश समेत व्यक्त गरे । अनशन तोड्ने क्रममा डा. केसीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री  ओलीले आफै गरेको सम्झौता उंल्लघन गरेर आफैलाई असक्षम र अस्वस्थ प्रमाणित गरेको प्रतिक्रिया दिएका हुन् ।

Last modified on 2019-02-03 09:51:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts