चिकित्सा शिक्षा विधेयकलाई विवादको विषय बनाउनु हुँदैन : सभामुख



Download our app to get more features

दाङ, २० माघ । सभामुख कृष्णबहादुर महराले संसदबाट प्रक्रिया पुर्याएर पारित भएको चिकित्सा शिक्षा विधेयकलाई आन्दोलनको विषय बनाउन नहुने बताएका छन् । दाङको टरिगाउँ विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा सभामुख महराले प्रक्रिया पुर्याएर पारित भएको विधेयकलाई कसैले पनि आन्दोलनको विषय बनाउन नहुने धारणा राखे । 

प्रतिपक्षको सहमतिमा संसदीय समितिमा पर्याप्त छलफल भएर पारित भएको विधेयक संसद्मा पनि असहमति जनाएको भए पुग्नेमा सदनमै अवरोध गराउन खोज्नु गलत भएको उनको भनाइ थियो । सभामुखले चिकित्सा शिक्षा विधेयक आन्दोलनको विषय बनाउनु प्रतिपक्षले राजनीति गर्न खोज्नु मात्रै भएको धारणा व्यक्त गरे। रासस

Last modified on 2019-02-04 08:54:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts