बढि शुल्क लिएको आरोपमा गण्डकी मेडिकल कलेजका विधार्थीको आन्दोलन जारी, अझै खुलेन ताला



Download our app to get more features

काठमाडौं, २० माघ । पोखरास्थित गण्डकी मेडिकल कलेजका विधार्थी गरेको तालाबन्दी आजपनि खुलेको छैन ।

कलेजले तोकेको भन्दा बढि शुल्क असुलेको भन्दै त्यहाँ अध्ययनरत विधार्थीहरु आन्दोलमा उत्रेका हुन् । विद्यार्थीलाई आइतवार पृथ्वी चोकस्थित अस्पताल प्राङ्गणमा बसेर धर्ना दिएका छन् भने लेखनाथ अर्घौस्थित बेसिक साइन्स कम्प्लेसमा तालाबन्दी जारी राखेका छ्न । कलेजले विभिन्न शीर्षकमा त्रिविले तोकेभन्दा अत्याधिक बढी शुल्क असुलेपछि विद्यार्थी र अभिभावकहरुले पहिलदेखि नै विरोध गर्दै आएका थिए ।

कलेजले इन्टर्नसिप फी, एन्नुअलफी आदिको नाममा विगत केही वर्षदेखि भर्नाको बेलामा अनधिकृत रुपमा रसिद समेत नदिएर वार्षिक २ देखि ३ लाख लिइएको विद्यार्थीहरुको आरोप छ । अतिरिक्त रकम फिर्ता गर्नपर्ने, सरकारले तोकेको सीमा भित्रमात्र शुल्क लिन पाउने, विद्यार्थीले तिरेको रकमको बिल, भौचर उपलब्ध गराउनुपर्ने तथा कलेजमा रहेका विसङ्गतिहरु हटाउनुपर्ने चार सुत्रीय माग राखी विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । कलेज प्रशासन विद्यार्थीहरुको मागबारे मुकदर्शक बनेको आन्दोलनरत विधार्थीले आरोप लगाएका छन् ।

Last modified on 2019-02-04 08:54:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts