डाक्टर केसी त उठे, प्रधानमन्त्रीप्रतिको विश्वास सुत्यो – गगन थापा



Download our app to get more features

मघ २० काठमाडौं   कांग्रेस सांसद गगन थापाले सरकारको दुई तिहाईले अनसन बसेका डाक्टर गोविन्द केसीलाई उठाएपनि प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको विश्वास ढलेको बताएका छन् । आइतबार बसेको संसद वैठकमा थापाले भने ‘प्रधानमन्त्रीप्रतिको विश्वास सुत्यो, अब यो सुतेको विश्वासलाई कसले उठाउने ?’ 

प्रधानमन्त्रीको इमानमा डढेलो लागेको भन्दै संसद थापाले अब डढेलो लागेको उहाँको इमानमा पानी कसले हाल्ने भनी प्रश्न गरे ।
प्रधानमन्त्रीले सरकारको कामले सबै आर्चयचकित भएको दाबी गर्ने गरेको भएता पनि जनता निराश भएको उनको भनाइ थियो । 
कांग्रेस सांसद थापाले मनमोहन अधिकारीका लागि देख्न नपाएको दुई तिहाई मार्सीमोहनका लागि देख्न पाएको भन्दै सरकारलाई बधाई समेत दिएका छन् । 

आफुहरुले दुई तिहाईको दम्भ भन्दै आएपनि देख्न नपाएको भन्दै थापाले भने, ‘अनाथ बालबालिकाका निम्ति विशेष समाजिक सुरक्षाको कानून बनाउँदा देख्न पाएनौं । शिक्षा र स्वास्थ्य राज्यको भूमिका बढाउन पनि दुई तिहाई देख्न पाएनौं ।’  
प्रचण्ड सरकारकै पालामा चिकित्सा शिक्षा अध्ययन राष्ट्रिय प्रतिष्ठानको नाम संशोधन गरेर मानमोहन अधिकारी चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान बनाउने निर्णय गरेर संसदले कानुन बनाउन मात्र बाँकी रहेको भन्दै उनले भने, ‘कमरेड मनमोहनका लागि दुई तिहाई देख्न पाइएन । कमरेड मार्सीमोहनका लागि दुई तिहाई देख्न पाइयो । सरकार र सरकार बनाउने पार्टीलाई बधाई छ ।’

सरकारले आफूसँग निहु खोज्ने जोगी डाक्टरलाई देखाइदिँदा धेरै खुसी भएको भन्दै  व्यग्य गरेका हुन् । 
‘एउटा जोगी डाक्टरले सरकारसँग निहु खोज्यो । त्यो पनि दुई तिहाईको सरकारसँग । सरकारले देखाइदियो । सरकारलाई बधाई छ,’ संसदको बैठकमा बोल्दै थापाले भने । 

उनले सरकारको अपार सफलतामा सरकार बनाउने माननीय सांसदहरु मात्रै नभई खुसी हुनेहरुको लाममा अरु पनि उभिएको बताए ।
डा. केसीको आन्दोलनका कारण रिसाएका सबैजना हाल खुसी भइरहेको सांसद थापाले बताए ।
वैठकमा आक्रोश पोख्दै उनले मेडिकल शिक्षाका नाममा विद्यार्थी विदेश पठाउने, खडेबाबा डाक्टर र विरामी खडा गरेर मेडिकल कलेज चलाउने देखि गौरीबहादुर कार्कीको न्यायिक आयोगले डामेकाहरु सबै खुसी भएको बताए ।

सरकारको असक्षमता र अहंकारका कारण जनतामा देखिएको आक्रोस भर्खरै ल्याएको गणतन्त्रप्रति नजाओस् भन्नेतर्फ सर्तक हुनुपर्ने सांसद थापाको भनाई थियो ।

Last modified on 2019-02-04 08:54:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts