‘टेस्टटयुब बेबी’ सेवा लिने बढे 

What's This?


Download our app to get more features

काठमाण्डौं, २४ जेठ । गोरखा भूकम्पपछि बन्द भएको परोपकार प्रसूति गृह, थापाथलीमा ‘टेस्टटयुब बेबी’ सेवा लिनका लागि १५० भन्दा बढी महिलाले नाम दर्ता गराएका छन् । 

तीमध्ये भूकम्पको केही दिनअघिसम्म पाँच निःसन्तान महिलाले सेवा लिन शुल्क तिरिसकेका छन् तर सेवा सञ्चालनमा नआउँदा उनीहरु सेवा लिनबाट बञ्चित भएका छन् । भूकम्पका कारण ६२ शय्याको भवनमा क्षति पुग्दा टेस्टटयुब बेबी सेवा सञ्चालनमा ल्याउने अस्पतालको तयारी छ । 

सरकारीस्तरमा पहिलोपटक प्रसूति गृहले आईभीएफ प्रविधिबाट (पुरुषको शुक्रकिट र महिलाको डिम्ब एउटै प्लेटमा राखी प्रयोगशालामा परीक्षण गरिने) यो सेवा सञ्चालनमा ल्याएको थियो । 

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले प्रसूति गृहमा भूकम्पबाट क्षति पुगेका पूर्वाधार पुर्ननिर्माण भइरहेको र असारदेखि नै टेस्टटयुब बेबी सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए ।
सेवा सञ्चालनमा नआएकै कारण निःसन्तान दम्पती महँगा निजी अस्पतालमा चर्को शुल्क तिरेर टेस्टटयुब बेबीको सुविधा लिन बाध्य छन् ।

आजको गोरखापत्र दैनिकमा कल्पना पौडेलले लेखेको समाचार छ । 

Last modified on 2016-06-06 10:20:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts